गायक–मोडल दुर्गेश थापा पक्राउ

काठमाडौँ । तिजको समयमा ‘हामी पनि नाँच्न पर्छ, बिचबिचमा’ तथा भर्खरै सम्पन्न तिहारको बेला ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक गीत निकालेका गायक तथा मोडल दुर्गेश थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सार्वजनिक गीतमा प्रयोग भउका शब्दले समाजमा बिकृती फैलाउँने भन्दै कारण उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको थियो । सो उजुरीपछि गयक थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

उनलाई बालाजुबाट पक्राउ गरी महाशाखा प्रहरी कार्यालयमा ल्याइएको छ । गीतमा ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरिएको छ । उक्त गीत युट्युबबाट हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो ।

प्रतिक्रिया