प्रवास

मलेशियामा दाङका एक नेपालीको मृत्यु

सौर्य अनलाइन २०७६ कार्तिक ३ गते १२:१७ मा प्रकाशित

तुलसीपुर । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।

दशैँ टीकाको दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए । केसी डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय