चिनियाँ पर्यटक भित्र्याउने प्रतिस्पर्धा

हामीले चिनियाँ राष्ट्रपतिलाई लुम्बिनीमा स्वागत गर्न सक्नुपथ्र्यो । नसके केही समयका लागि पनि लुम्बिनी पु¥याउनुपथ्र्यो । हामी यहीँ निर चुक्यौँ । यर्थाथमा भन्नुपर्दा नेपालमा जे–जे पर्यटकीय सम्भावना छन्, ती सबै भारतमा पनि छन्, भारतमा जे–जे पर्यटकीय सम्भावना छन्, ती सबै नेपालमा छैनन् । लुम्बिनी र सगरमाथा हाम्रा विशेष हुन् । चिनियाँ पर्यटकका लागि सगरमाथाको कुरा रहेन, लुम्बिनी नै एक मात्रै विशेष पर्यटकीयस्थल हो 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्ने स्थल तमिलनाडुको महाबलीपुरमलाई किन रोजे ? भन्ने सन्दर्भमा भारतीय मिडियाहरूले निकै प्राथमिकताका साथ समाचार प्रसारण गरिरहे । चिनियाँ राष्ट्रपति सीको भ्रमण अवधिभर भारतीय टेलिभिजनहरूले लाइभ समाचार प्रस्तुत गरे । तमिलनाडुको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सीलाई महाबलीपुरममा स्वागत गरेको भारतीय मिडियाहरूले पटक–पटक दोहो¥याइरहे ।

समुन्द्रको किनारमा रहेका हज्जारौँ वर्ष पुरानो महाबलीपुरम मन्दिरै मन्दिरको सहर हो । लंका आक्रमण गर्नुअघि हनुमानले बनाएको सहरका रूपमा महाबलीपुरम्लाई व्याख्या गर्ने गरिएको छ । यसै पनि धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको दक्षिण भारतमा पर्यटन प्रवद्र्धनका लागि मात्रै प्रधानमन्त्री मोदीले यो कदम चालेका होइनन् । दक्षिण भारतमा विकासका पूर्वाधार निर्माणको काम सकिइसकेको छ । गरिबी निवारणको काम पनि सकिइसकेको छ । जनताको जीवनस्तर युरोपेली मापदण्डमा पुगिसकेको छ । त्यही वैभव संसारलाई देखाउनका लागि मोदीले चिनियाँ राष्ट्रपति सीलाई महाबलीपुरममा स्वागत गरेका हुन् ।

वास्तविकता जे सुकै भए पनि भारत सरकारले अहिलेसम्म आफ्ना जनतासामु चीनलाई आफ्नो प्रतिस्पर्धीका रूपमा प्रचार गरिरहेको छ । जनसंख्या बराबर भए पनि चीनको अर्थतन्त्र भारतको भन्दा पाँच गुणा ठूलो छ । यो खाडल हरेक वर्ष बढ्दै गएको छ । विगतमा एकपटक चीन र भारतबीच युद्ध भएको थियो । त्यस क्रममा चीनले भारतको ठूलो भूभाग आफ्नो कब्जामा लिएको थियो । त्यो भूभाग फिर्ता माग्न सक्ने हैसियतमा अहिले भारत छैन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजिव गान्धीले चीन भ्रमणका क्रममा अतिक्रमित भूमिबारे कुरा नउठाउने गोप्य सहमति गरिसकेको कुरामा भारतीय मिडियाहरू बेखबर छैनन् । तर, उनीहरू यो यर्थाथतालाई जनसमक्ष गोप्य राख्छन् । अर्थात् परराष्ट्र मामिलामा सरकारको जे नीति तथा निर्णय हुन्छ मिडियाहरूले त्यसलाई अनुशासित रूपमा हुबहु पालना गरिरहेका हुन्छन् ।

‘चीन महाशक्ति राष्ट्र हो, अब यसलाई जिस्क्याउनु भन्दा फकाउनुमै आफ्नो कल्याण छ’ भन्ने यर्थाथता भारतले बुझेको देखिन्छ । चिनियाँ राष्ट्रपति सीले नेपाल र भारतको भ्रमण सँगसँगै गरे । तर, मिडिया कभरेजको हिसाबले नेपालभन्दा भारत अघि देखियो । चिनियाँ राष्ट्रपति सिको भ्रमणलाई भारतीय मिडियाहरूले यति धेरै प्राथमिकता दिनु निकै अर्थपूर्ण छ । महाशक्ति राष्ट्रका रूपमा उदाएको चीनबाट विशेष गरी पर्यटनको क्षेत्रमा ठूलो लाभ लिन सकिन्छ भन्ने यर्थाथता भारतले बुझिसकेको देखिन्छ । नेपालका लागि चुनौती भनेकै यही हो कि हामीले चिनियाँ राष्ट्रपतिलाई लुम्बिनीमा स्वागत गर्न सक्नुपथ्र्यो ।

नसके केही समयका लागि पनि लुम्बिनी पु¥याउनु पथ्र्यो । हामी यहीँनिर चुक्यौँ । यर्थाथामा भन्नु पर्दा नेपालमा जे–जे पर्यटकीय सम्भावना छन्, ती सबै भारतमा पनि छन्, भारतमा जे–जे पर्यटकीय सम्भावना छन्, ती सबै नेपालमा छैनन् । लुम्बिनी र सगरमाथा हाम्रा विशेष हुन् । चिनियाँ पर्यटकका लागि सगरमाथाको कुरा रहेन, लुम्बिनी नै एक मात्रै विशेष पर्यटकीय स्थल हो । त्यसैले, नेपालको पर्यटन उद्योगले भारतसँग प्रतिस्पर्धा गर्नु भनेको निकै ठूलो चुनौती हो ।

महाशक्ति राष्ट्रका रूपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् । संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको सन् २०१९ को अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी महत्वपूर्ण टिप्पणीको संस्करण ‘इन्टरनेसनल टुरिज्म हाइलाइट्स इडिसन’ का अनुसार सन् २०१८ को अवधिमा विश्व भ्रमण गर्ने पर्यटकको संख्या एक अर्ब ४० करोड पुगेको छ ।

यो संख्या हरेक वर्ष पाँच प्रतिशतले बढिरहेको छ भने चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको संख्या वार्षिक १५ प्रतिशतले बढेको छ । यो यर्थाथतालाई ख्याल गर्दै भारतले सकेसम्म धेरै चिनियाँ पर्यटक तान्ने रणनीति बनाएको देखिन्छ । हामी नेपालीले पर्यटन उद्योगमा सुधार नगर्ने हो भने चिनियाँ पर्यटकलाई भारतले तान्ने सम्भावना बढेर जान्छ । तर, बडो दुर्भाग्यको कुरा पर्यटकीय पूर्वाधार निर्माणको कामलाई नेपाल सरकारले प्राथमिकता दिन सकेको छैन । पर्यटकका लागि पुर्वाधार निर्माणमा नेपाल पछि परेको छ ।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन् । यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ । पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ । पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररूपमा चिनियाँ पर्यटक बढेको देखिन्छ ।

बोर्डका अनुसार सन् २०१९ को आठ महीना (जनवरीदेखि अक्टोबरसम्म) को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् । जुन संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चीनबाट एक लाख ३४ हजार ३ सय ६२ पर्यटक नेपाल आए ।

सन् २०१७ मा ९३ हजार ६ सय ५४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा चीनबाट एक लाख चार हजार पाँच पर्यटक आएका छन् । गोरखा भूकम्प र नाकाबन्दीका बाबजुद पनि सन् २०१५ मा ६४ हजार ६ सय ७५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा एक लाख २३ हजार ८ सय ५ चिनियाँले नेपाल भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने कुरामा दुई मत छैन । एक वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरे । भारतीय टेलिभिजन च्यानलहरूले लाइभ प्रसारण गरे । त्यसपछि गण्डकी प्रदेशमा भारतीय पर्यटकहरूको संख्या करिब २५ प्रतिशत बढेको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने कुरामा कुनै शंका छैन । उनले गरेको नेपाल भ्रमणलाई विश्वका प्राय सबै मुलुकका मिडियाहरूले प्राथमिकताका साथ समाचार बनाए । चिनियाँ नागरिकले मात्रै होइन विश्वका प्राय सबै देशका नागरिकले नेपालको बारेमा जानकारी पाए । उनलाई लुम्बिनी भ्रमण गराउन सकेको भए नेपालका लागि अझै ठूलो उपलब्धि हुने थियो ।

चिनियाँ राष्ट्रपति जुन मुलुकमा पुगेका छन् त्यहाँ चिनियाँ पर्यटक बढेको यर्थाथतालाई नेपालका हामी पर्यटन व्यवसायीले बिर्सनु हुँदैन । नेपालको पर्यटनका लागि चिनियाँ राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण अवसर हो । मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको समग्र पर्यटन क्षेत्रमा चीनको योगदान अब धेरै बढ्ने निश्चित छ । नेपाल भ्रमणमा जानै पर्ने देश रहेछ भन्ने धारणा करिब डेढ अर्ब चिनियाँ नागरिकमा पैदा हुनु भनेको नेपालका लागि ऐतिहासिक उपलब्धि हो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्या निकै सुखद देखिएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उल्लासको वातावरण सिर्जना भएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, सोहीअनुरूप राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धनको कामलाई प्रभावकारीरुपमा अघि बढाउने मामिलामा भने अझै धेरै काम बाँकी छ । आगामी जनवरीसम्ममा लुम्बिनीमा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिन सकेन भने सरकारको यो लक्ष्य पूरा हुन कठिन छ ।

काठमाडौंमा रहेको एक मात्रै अन्तर्राष्ट्रिय विमान स्थलले यात्रुको चाप धान्न सकिरहेको छैन । उदाहरणका लागि पानी लिन गंगामै गए पनि आफूसँग जत्रो भाँडो छ त्यति नै पानी ल्याउन सकिन्छ । आफू सँग लोटा मात्रै छ, तर गाग्रीभरीको पानीको अपेक्षा गरिएको छ । लोटा लिएर गंगामा गएर गाग्रीभरि पानी ल्याउन सकिन्न । त्यसैले, सर्वप्रथम हामीले हाम्रो क्षमता बढाउनुपर्छ ।
(लेखिका पर्यटन व्यवसायी हुन् ।)

प्रतिक्रिया