नेपाली फुटसल टोलीको बिदाइ

काठमाडौं । सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इरानका सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो । कार्यवाहक एन्फा अध्यक्ष पंकज नेम्वाङले विदाई कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिए । सहिद स्मारक ए डिभिजन लिग नभएका वेला कोठमाडौंमा भएका फुटसलले नेपाली फुटबलाई ठूलो योगदान दिएको कार्यवाहक अध्यक्ष नेम्वाङले बताए ।

उनले नेपाली राष्ट्रिय फुटसल टिमको निर्माण ढिलो भए पनि उत्कृष्ट टिम रहेको समेत जानकारी दिए । प्रशिक्षक विष्णु गुरुङले राष्ट्रिय फुटसल टोलीले पछिल्लो दुई वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकाले यो सिक्ने अवसर रहेको बताएका छन् ।  ‘हामी यतीवेला शिशु अवस्थामा छौँ,’ उनले भने । यसलाई कसरी स्याहार गर्ने त्यो सबैले सोच्न जरुरी छ । यसलाई हामीले सुनौलो अवसरका रूपमा लिएका छाँै,’ प्रशिक्षक गुरुङले भने,‘फुटसल संघका सदस्य राज महर्जनले पहिलेको नतिजालाई ध्यानका राख्दै यस प्रतियोगितामा नतिजा सुधारका लागि शुभकामना दिए ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा राष्ट्रिय फुटसल टिमका कप्तान विजय गुरुङले फुटसलको विकासका लागि घरेलु लिगहरू गर्न सबैलाई आग्रह समेत गरे । लिगले खेलाडीको व्यावसायिकतामा टेवा पुग्ने र नेपाली फुटसल टोलीले ठुलो उचाइ लिने विजयले विश्वास दिलाए । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

२४ अक्टोबरमा उज्ज्वेकिस्तान र २५ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिता अक्टोवर २३ देखि २६ सम्म इरानमा हुनेछ । नेपाली राष्ट्रिय फुटसल टोलीमा अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा र निर्मल गुरुङ छन् ।

प्रतिक्रिया