विराटनगर र चितवनको लगातार दोस्रो जित

काठमाडौं । चितवन राइनोज वुमन्स र विराटनगर टाइटन्सले जारी वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरमा भएको खेलमा चितवनले ललितपुर फाल्कन्स र विराटनगरले पोखरा पल्टनलाई स्तब्ध बनाउँदै वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेका हुन् । शु्क्रबार भएको दोस्रो खेलमा चितवनले ललितपुर फाल्कन्सलाई ८९ रनले पराजित गरेको हो । ललितपुरको भने यो लगातार दोस्रो हार हो ।

चितवन राईनोजले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको ललितपुर १६ दशमदव १ ओभरमा ४६ रनमा अलआउट भयो । शुक्रबारै सम्पन्न दिनको दोस्रो खेलमा भने चितवन राइनोजले ललितपुर फाल्कोन्समाथि ८९ रनको फराकिलो जित निकाल्यो । चितवनले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४६ रनमा खुम्चिएको थियो ।

जावाफी ब्याटिङ गर्ने क्रममा ललितपुरका नेरी थापाले सर्वाधिक १७ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो स्कोर गर्न सकेनन् । ललितपुरकी कप्तान सरिता मगरसहित करुणा भण्डारी, सम्झना खड्का र मनिषा उपाध्याय शून्यमा पवेलियन फर्किदा लज्जास्पद पराजय भोगेको हो ।

शुक्रबारको पराजयसँग ललितपुरले जारी प्रतियोगितामा लगातार दोस्रो खेलमा नतिजा सुम्पिएको छ । ललितपुर तालिकाको पुछारबाट दोस्रो स्थानमा अंक विहीन छ । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले रितु कोनुजियाको अर्धसतकीय इनिंग्सको मद्दतमा ललितपुरविरुद्ध १ सय ३५ रन जोड्न सफल भएको थियो ।

तीन विकेट मात्र गुमाएको चितवनका लागि अर्धशतीय इनिङ्स खेलेकी रितुले ५५ बलमा ८ चौकाको मद्दतमा ५८ रन जोड्न सफल भएकी थिइन् । ओपनर काजल श्रेष्ठ १५ रन जोड्दा अर्की ओपनर कञ्चन श्रेष्ठ भने शून्यमा पवेलियन फर्किएकी थिइन् । इन्दु बर्मा नेरी थापाको बलमा एलबीडब्लूको धरापमा पर्दै क्रिज छाड्दा प्यारी चौधरी २२ रनमा नट आउट रहेकी थिइन् ।

तीन विकेट गुमाएको चितवनविरुद्ध ललितपुरकी नेरी थापाले २ विकेट हात पार्दा करुणा भण्डारीको नाममा एक विकेट रह्यो । लगातार दोस्रो खेलमा जित निकालेको चितवन तालिकाको दोस्रो स्थामा छ । विराटनगरसँग समान अंक भए पनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा अटाएको हो ।

शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । जितसँगै सरिता मगरको टोली विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा स्पष्ट जित निकालेको विराटनगरको तालिकामा ४ अंक भएको छ ।

पोखरा पल्टनले भने जारी प्रतियोगितामा लगातार दोस्रो पराजय भोगेको हो । शुक्रबार भएको दिनको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर विराटनगरलाई ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । चार रन जोड्दा पहिलो विकेट गुमाएको पोखरा लागि कप्तान सीता राना मगरले १६ रन जोड्ने क्रममा सबनमा राईबाट रनआउट भइन् ।

त्यसपछि पहिलो विकेटको रूपमा आएकी विन्दु रावल ५ रनमा पवेलियन फर्किदा रेवती धामी १२ रनमा सवनम राईको बलमा शर्मिला मगरबाट क्याच आउट भइन् । त्यस्तै अञ्जली चन्दा १५ रन जोड्ने क्रममा विराटनगरकी विकेटकिपर ज्योजी पाण्डेबाट स्टम्पिङ हुँदा कवित कुँवर २२ तथा सरस्वती मगर १० रनमा अविजित रहे ।

पोखराको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सबनम राईले २ तथा सोनु खड्काले १ विकेट लिए । ९५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरका लक्ष्मी चौधरी र ज्योतिले ३६ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए । २ रन जोड्दा पहिलो विकेट गुमाएको विराटनगरका यी दुईको साझेदारी अन्य ब्याट्सवुमनका लागि प्रेरणा मिलेको थियो ।

डोली भट्ट रन जोड्ने क्रममा सीता रानामगरबाट कट एन्ड बोल्ड हुँदा अस्मिना कर्माचार्य १६ तथा सरिता मगर ६ रनमा अविजित रहे । विराटनगरको चार विकेट खस्दा सीता राना मगरले दुई तथा अनुराधा चौधरी एक विकेट लिए ।

प्रतिक्रिया