पक्राउ पर्दै लागुऔषध कारोबारी

सिरहा । युवाहरूमा लागुऔषधको प्रयोग बढिरहेकाले त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सञ्चालन गरेको छ । प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र चौकीहरूमा विशेष अपरेसनका बारेमा जानकारी दिई व्यापक रूपमा प्रहरी परिचालन गरिँदै आएको बताए ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदी अएपछि छोटो समयमै लागुऔषध कारोबार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कठघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ । पछिल्लोपटक सिरहा प्रहरीले गोलबजारबाट बुधबार लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी गाउँबाट सीमा प्रहरी चौकी कचनारीबाट असइ दुर्गा यादवको कमान्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ बस्ने २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ २० वर्षीय नवीन यादव रहेका छन् । उनको साथबाट ९म्क्ष्ब्ीभ्ह्( म्ऋ० नामको ८९ बोतल लागुऔषध बरामद गरिएको छ । भारतको पिपराहीबाट नेपालको कचनारी गाउँतर्फ स ८ प १८२७ नम्बरको पल्सर २२० सिसीको मोटरसाइकलमा आउँदै गर्दा साह र यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका साह र यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

पक्राउ परेका साह र यादवलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाले शान्ति र सुरक्षित बनाउन थ्री–एस अप्रेसन सञ्चालन गरिरहेको छ ।जसअन्तर्गत विभिन्न अपराधिक कार्य गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।
०००

प्रतिक्रिया