बलवान संगठनको कमजोर संस्कार

घर होस् वा विद्यालय बालबालिकाहरूलाई भने संस्कार सिकाउनै पर्ने हुन्छ । बालापनमा सिकेको संस्कारले पछि बुढ्यौली उमेरसम्म पनि काम लाग्ने गर्दछ । जस्तो दसैँको टीकाटालो गरिसकेपछि विवाहित, अविवाहित छोरीलाई गच्छेअनुसारको दक्षिण दिई खुट्टा ढोक्ने संस्कारलाई नेपालगन्ज उपमहानगर पालिकाकी उपमेयर उमा थापामगरले हसिमजाकमै उडाएकी छन् ।

उनले सिकेको संस्कार काम नलागे पनि बुढ्यौली उमेरका उनका बाले सिकेको संस्कार भने काम लागेको छ । अहिले त नेपालमा कुनै न कुनै संस्कार सिकाउने नाममा हजाराँै संगठन खुलेका छन् । ती संगठन सँगै राजनीतिक, धार्मिक, सांस्कृतिक, संगठनको नाममा एनजिओको भित्रिएका छन् । संगठनमा संस्कारको कुरा गर्ने हो भने केही दिन पहिले चितवनमा भएको घटना हेरौँ, धार्मिक संस्कार हेर्ने हो भने हामी हिन्दू होइनौँ भनेर गर्जिने केही थान जनजातिका नाममा राजनीति गर्ने संगठनको कुरा गरे पुग्छ ।

२००७ सालदेखिकै प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दसौँ हजार जनताको बलिदानीपश्चात् नेपालको राजनीति आजको अवस्थामा आइपुगेको छ । नेपाली राजनीतिक अभ्यासलाई हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरूमा सामान्य नैतिकता समेत लोप भइसकेको कुरा राजनीतिककर्मीहरू कै विधि र व्यवहारबाट उजागर भइसकेको छ 

बलवान संघठनमा राजनीतिक संस्कार सिकाएको भए कुनै व्यक्ति कुटिने थिएनन् र जिल्ला प्रवेश निषेध गरिने थिएनन् भने दशैँ बहिष्कार हुने पनि थिएन । यी प्रतिनिधि घटनामा संगठनहरू बलवान भए पनि संस्कार कमजोर भएको देखाउँछ । हुन त नेपालगन्जमा भएको घटनाले हिन्दू संस्कार अलि उच्छृंखल होकी भन्ने सामाजिक सञ्जालले देखाएको छ । तर, संस्कार उच्छृंखल नभएर आफ्नो संस्कार बिर्सेकाहरू उच्छृंखल भएका हुन् भन्न सुहाउँला । हाम्रो उमेर बढ्दै गएसँगै संस्कार सिकाउने विद्यालय धेरै फेरिएका हुन्छन् । घर छोडेर बाहिर जान लगेपछि साथी भाइले पनि फरक पार्दछन् भने राजनीतिमा लागेपछि राजनीतिक स्कुलिङ अर्थात् राजनीतिक पाठशालाले समेत फरक पार्दछ ।

नेपालमा अहिले अन्य पाठशालाभन्दा पनि राजनीतिक पाठशालाको स्कुलिङ अर्थात् मार्ग निर्देशन मानेर अघि बढ्नेको संख्या बढेको छ । फलस्वरूप नेपालमा सांस्कृतिक विचलन आउन लागेको हो । नेपालमा जनताभन्दा बढी राजनीतिक संगठनमा आबद्ध कार्यकर्ता छन् । स्वतन्त्र नागरिक अर्थात् राजनीतिक दलको सदस्य नभएको नागरिक भेट्टाउनै मुस्किल छ । तिनै राजनीतिक कार्यकर्ताको भोटको दम्भ नेताहरू निर्वाचनका वेला देखाउँछन् र निर्वाचित भएपछि जनताको मत भन्दै आफुलाई स्वर्गको राजा इन्द्र सम्भmिन्छन् । त्यहि दम्भले गर्दा महरा काण्ड भयो ।

संस्कारको गलत व्याख्या गर्दा उपमयेर थापामगरले बेडबाट उठ्न नसकेका आफ्ना बाउको निधारमा खुट्टा पु¥याउँदै समाजिक सञ्जालमा फोटो पोस्ट्याँइन् । शक्तिशाली सरकारको कमजोर संस्कारले नागरिकभन्दा पनि जनप्रतिनिधिहरू नै बदनाम हँुदै गएका छन् । हुनत देशमा राजनितीक अस्त व्यस्तता चुलिएको वर्षौँ बितिसकेको छ । अस्त व्यस्तताले गर्दा कार्यकर्तालाई राजनीतिक संस्कार सिकाउन नसकिएको होला अर्थात धर्म अफिम हो भन्दै राजनीति गर्ने कम्युनिस्टहरूले अफिमको नै गतल व्याख्या गरेको भएर पनि संस्कारको कमी देखिएको होला ।

२००७ सालदेखिकै प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली र पछिल्लोपटक दशौँ हजार जनताको बलिदानीपश्चात् नेपालको राजनीति आजको अवस्थामा आइपुगेको छ । नेपाली राजनीतिक अभ्यासलाई हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरूमा सामान्य नैतिकतासमेत लोप भइसकेको कुरा राजनीतिकर्मीहरू कै विधि र व्यवहारबाट उजागर भइसकेको छ । उदाहरण नै लिने हो भने बलवान सरकारको पालामा नौ जनाभन्दा बढी नेता कार्यकर्तालाई महिला हिंसा अर्थात यौन हिंसाका मुद्दा लागेका छन् । जसको ज्वलन्त उदाहरण सभामुख कृष्णबहादुर महरा, दीर्घ सोडारी,शेरधन राईलाई सम्झे पुग्छ । खराब आचरण र कुसंस्कारले गर्दा आसा भरोसा गरेका व्यक्तिहरूबाट नै यस्तो हुन पुगेको हो ।

सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेसा नभएर निस्वार्थ समाजसेवा हो । जसलाई माध्यम बनाएर आफूले अँगालेको चिन्तनलाई परिष्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान राजनीतिक थलो हो । राजनीति शब्दले जनचेतनामूलक शैक्षिक गुणस्तर, सिप, तालिम, समाज र व्यक्तिको जीवन शैलीको विकासको साथसाथै राष्ट्र विकासको एजेन्डा भन्ने बुझाउँछ ।

तर, राजनीतिलाई केही नेता कार्यकर्ताले पैसा कमाउने, बलत्कार, अपराध, हिंसाजस्ता कुराको प्रत्याभूति र सामना गरेका छन्् । हुन त कानुनभन्दा नेतावाला र पहुँचवाला शब्दमा दम भएको देशमा यस्ता अनैतिक क्रियाकलाप हुनु स्वाभाविकै मान्न सकिएला । त्यसैले त शक्तिशाली सरकारको एक वर्षको अवधिमा कृष्णबहादुर महरादेखि शेरधन राई लगायत नौ जना नेकपाकै उच्च स्थानमा रहेका नेता कार्यकर्ताहरूलाई महिला हिंसा अथवा अनैतिक कार्य गरेको आरोप लागेको छ ।

केशव स्थापित, दीर्घ सोडारी,कृष्णबहादुर महराको जागिर नै गयो । राजनीति कर्मीमा आएको अनियन्त्रित क्रियाकलाप, लज्जास्पद कुराको लाज पचेको कारणले गर्दा नै आज मुलुकले विकृति र विसंगतिको बाटो रोज्न बाध्य छ । नेपाल र नेपाली जनताको अवस्था हेर्दा कठै नेपाली भन्नु पर्ने बेला आएको छ । आज नेपालको राजनीतिमा भएका र देखिने गरेका नेता कार्यकर्ताको चर्तिकलाबाट जनता दिक्दार छन् । बलवान सरकारले जनतालाई समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा दिएर केही समयका लागि खुसी बनाए पनि सरकार भने विदेशी पाहुना आउँदा मात्र काठमाडौं रंग्याएर समृद्ध नेपाल भएको देखाउनमै लागिपरेको छ ।

पाहुनालाई देखाउनकै लागि गरिने डुब्लीकेट विकास पनि यो बलवान सरकारले तीन पटक गरिसकेको छ । समृद्ध नेपाल सुखी नेपाली तब मात्र हुनेछन्् जब देशमा भष्ट्राचारको जालो हट्ने छ । नेतामा एकलौटी पन, नातावाद र कृपावादको अन्त्य हुनेछ । महिला र सच्चा देश प्रेमीले जुन समय पनि सुरक्षाको महसुस गर्ने छन्् । तब मात्र देशले विकासको निकास पाउँने छ । पार्टी बलवान भएकै कारण देश विकास उभो गतिमा लाग्यो भन्न मिल्दैन । अहिले पार्टी बलवान छन्् । संगठनहरू यत्रतत्र छरिएका छन् ।

पार्टी विरोधीहरूलाई ठेगान लगाउने संस्कार सिकेका छन् । आफू सच्चिने र जनतालाई खुसी र सुखी बनाउनेतिर ध्यान जान सकेको छैन । समाज परिवर्तनको लागि बितेका केही शताब्दीहरूमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरूलाई हेरियो भने बिस्तारै विकसित हुँदै गएको छ ।

विभिन्न व्यक्ति र उनीहरूले प्रतिपादन गरेका सिद्दान्तहरूको विशेष र अहम भूमिका रहेको पाइन्छ । जस्तो फ्रान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्रामदेखि लिएर कार्ल माक्र्सले प्रतिपादन गरेको कम्युनिज्म र जसलाई प्रयोग गरी भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरूको महत्वपूर्ण भूमिकाका रूपमा लिन सकिन्छ ।

उता दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको रंगभेदी आन्दोलन या बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन् । तर, नेपालमा बलवान संघठनहरूले माथि उल्लेखित परीवर्तनबाट कुनैपनि पाठ सिकेनन् ।

बरू संसार परिर्वतन गर्ने आन्दोलनको व्याख्या गर्दै भ्रष्टाचार मौलाएको छ । अहिले नेपालमा भइरहेको देश विकास र परिर्वतनले जनताका भए,त्रास, डर पैदा गरेको छ । नेपालमा मनाइने चाडवाड अमुक जाति विशेषको हो हामी मान्दैनौँ भनेर कालो दिनका रूपमा मनाउनु संविधान दिवसलाई कालो दिनका रूपमा मनाउनुलाई कस्तो विकास र समृद्धि भएको मन्न सकिन्छ ? शक्तिशाली सरकारले नेपाली जनतालाई नत नागरिक बनाउन सक्यो न त बहुभाषी नेपालीलाई एक बनाउनै सकेको छ । अहिले राजनीतिक दलमा आस्थावान कार्यकर्ताद्वारा संस्कृति र संस्कारलाई गतल रूपमा व्याख्या गरिएको छ । अर्काको भावना, संस्कारको अपव्याख्या गरेर सच्चा क्रान्तिकारी हुने होड चलेको छ ।

नेपाल बहुसांस्कृतिक मुलुकका रूपमा विश्वसामु परिचित छ । हामी हाम्रा सांस्कृतिक पर्वहरूमा रमाउँदै पर्यटकहरू नाचिरहेको तस्विर देखेर मख्ख पर्छौं । हाम्रो सनातन परम्पराप्रति मोहित हुँदै अरूले प्रशंसा गरेको सुनेर थाक्दैनौँ तर आफू भने त्यसैलाई पुरातन मान्यता र विभेदकारी परम्परा भन्दै खिल्ली उडाउन पछि पर्दैनौँ । नेपालमा युवा पुस्तामा संस्कृति संस्कारको कमी हुँदै गएको छ ।

आफ्नो देशको संस्कार परम्परा जोगाउने काम सरकारको हो । टिकाटालो, मठमन्दिर, लगायत अन्य धर्म सम्बन्धी चाडवाडलाई गलत व्याख्या गर्ने गर्दछाँै । गलत व्याख्याले नै वर्षौंदेखि मान्दै आएको दशैँ तिहारलाई समेत कालोदिनको रूपमा मनाउने संस्कार भित्र्याइएको छ । जन्मदिनमा केक काटेर संस्कार सिध्याउने र होलिवाइन खुवाएर पराइ संस्कार भित्र्याउनेहरूले नै संगठन बलियो पारेका छन् । यसको असर पछिल्लो पुस्तालाई पर्नेछ ।

यसबाट हाम्रा परम्परागत मौलिक पर्वहरूको निरन्तरता संकटमा परेको छ । नेपालीले महिनैपच्छिे जातजाति विशेष आफ्ना चाडवाड मनाउने र संस्कार सिकाउने काम होइवाइन र एकल काँटे राजनीतिक आदर्शले समाप्त पार्दै गएको छ । गाँउको भाइचारा समेत समाप्त हुँदै गएको छ । अव्यावहारिक राजनीतिक आचरण र नेतृत्वको नैतिक पतनले जनतामा अविश्वासको वातावरण पैदा गरेको छ । पर्वका नाममा देवीको पूजा गर्ने, र नारीको सम्मान गर्ने नेपालीलाई धर्मलाई अफिमको उपमा दिई गलत व्याख्या गर्नुभन्दा युवा पुस्तालाई धार्मिक,राजनीतिक,पारिवारिक, संस्कार सिकाइ देशको साख जोगाउनु नै उपयुक्त होला की ?

प्रतिक्रिया