अर्थव्यवस्थामा समृद्धिको सूचक

आर्थिक सूचांकको आधारमा सम्बद्ध राष्ट्रको समृद्धिको रूपरेखा झल्किन्छ । सामान्यतया आर्थिक सिद्धान्तको प्रस्तुत गतिविधिबाट नेपाल पनि अछुतो रहन सक्दैन । मुलुकको अर्थतन्त्रले समृद्धिलाई पछ्याउने हुदा के, कस्तो प्रकारको अर्थव्यवस्था मुलुक सुहाउँदो हुन्छ भन्ने तर्फ सम्बन्धित क्षेत्रका विज्ञहरूको राय सुझावलाई राज्यले ध्यान दिनुपर्ने हुन्छ । जसबाट अर्थतन्त्रको सही दिशानिर्देश गर्न सहज हुनेछ ।

नेपालको अर्थतन्त्रको ढाँचा केही हदसम्म परनिर्भरतामुखी रहेको तथ्यहरूले औल्याएका छन् । जब अर्थनीति नै परनिर्भर रहन्छ भने त्यसले निश्चित रूपमा आयातमुखी अर्थतन्त्रलाई प्रोत्साहित गर्नेछ । तर मुलुकको आर्थिक विकास र समृद्धिको लागि यस प्रकारको आयातमुखी अर्थनीतिलाई क्रमश विस्थापित गर्दै निर्यातमुखी अर्थतन्त्रको रणनीतिलाई आत्मसाथ गर्नुपर्ने हुन्छ ।

जसले निश्चितरूपमा आर्थिक समृद्धिको शंखघोष गर्न मद्दत पु¥याउनेछ । यसका लागि सम्भाव्य आर्थिक विकासका खाकाहरू तयार गरिँदा उत्पादनशीलतालाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । तत्पश्चात् ः सम्बद्ध मुलुकको आर्थिक अवस्थाअनुसार निर्यात योग्य वस्तुहरू उत्पादन गरी निर्यातलाई बढ्वा दिन सकिनेछ ।

विशेषगरी भारतीय अर्थतन्त्रको सकारात्मक वा नकारात्मक प्रभावले नेपालको अर्थतन्त्रमा पनि विभिन्न प्रकारका आरोह अवरोह खडागर्ने भएको हुदा यस तथ्यलाई विशेष ध्यानमा राखी कार्य गर्दा निश्चित रूपमा मुलुकको व्यापार घाटा न्युनीकरण गर्न सम्भव रहन्छ । यो हुनु भनेको अन्ततः निर्यात लाई प्रोत्साहन गर्नु हो 

अतः मुलुकभित्र उत्पादित वस्तु तथा सेवाले एकछत्र विश्व बजारसँग प्रतिस्पर्धा गर्दै समयको माग अनुसारको चाहनालाई पूर्ति गर्ने अवस्था सिर्जना गर्छ भने अवश्य पनि त्यस प्रकारका कदमले समृद्धिको मार्ग प्रशस्त गर्नेछ । तसर्थ मुलुकभित्रै प्राप्त कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरू स्थापनार्थ आवश्यक रणनीतिलाई राज्यले अगिंकार गर्नुपर्ने हुन्छ । जसले केही हदसम्म हाल कायम रहन आएको आर्थिक क्षेत्रको बाह्य परनिर्भरतालाई क्रमश न्यूनीकरण गर्दै आत्मनिर्भर केन्द्रित अर्थव्यवस्थाको सूत्रपात गर्न सहजीकरणको भूमिका निर्वाह गर्नेछ । प्रस्तुत अर्थनीतिको माध्यमबाट आर्थिक विकास र समृद्धिको क्षेत्रमा स्वाधिनता प्राप्त गर्न सहजता उत्पन्न हुनेछ ।

यस प्रकारको अर्थनीतिले विशेषगरी नेपालजस्तो विकासको पथमा निरन्तर अगाडि लम्किरहेको मुलुकको सामाजिक आर्थिक संरचनाहरूमा समयानुकुल सकारात्मक परीर्वतनका लक्षणहरू देखापर्नेछ । परिणामतः तल्लोभन्दा तल्लो तहका जनमानषलाई विकास र समृद्धिको वास्तविक प्रतिफल प्रदान गर्न प्रस्तुत आत्मकेन्द्रित अर्थव्यवस्था निक्कै नै भरपर्दो माध्यम बन्न सक्नेछ । जसका लागि मुलुकभित्र प्राप्त प्राकृतिक सम्पदाको उल्लेख्य मात्रामा सदुपयोग गर्दै आर्थिक विकासको गतिलाई क्रमबद्ध रूपमा अगाडि बढाउनुपर्ने हुन्छ ।

प्राकृतिक रूपमा उपलब्ध भएका स्रोत—साधनको उपयोगिताको आधारमा उपयोग गर्ने परिपाटीलाई यदि समयमै हेक्का राख्ने प्रयास गरेनौ वा सकेनौ भने आखिर सोही प्रवृत्तिको वस्तु प्रशोधित अवस्थामा बाह्य मुलुकबाट आयात गर्दा खर्चिने करौडौँ डलर बराबरको वैदेशिक मुद्रा बर्हिगमनको खतरा जीवन्त रहन्छ । एकातिर मुलुकभित्र वैदेशिक मुद्राको संचिति संकुचन अवस्था रहन्छ भने, अर्कोतर्फ वस्तु तथा सेवा खरीदको लागि बर्सेनि करोडौँ डलर बाहिरिने विसंगतिपूर्ण वातावरण तयार हुने देखिन्छ ।

तसर्थः यस प्रकार अत्यन्त सूक्ष्मभन्दासुक्ष्म वस्तु तथा सेवाहरू विदेश पलायन हुने परीस्थितिजन्य व्यवहारलाई यथासमयमा नै रोकथाम गरी सोहि प्रवृत्तिका उत्पादन मुलुक उद्योगहरू क्रमश स्वदेश भित्रै स्थापना गर्ने अवस्था तयार गर्ने हो भने निश्चित रूपमा मुलुकको अर्थव्यवस्था क्रमशः परनिर्भताबाट आत्मनिर्भर केन्द्रित अर्थव्यवस्थाको रूपमा रूपान्तरण हुने वातावरण सिर्जना हुनेछ । जसलाई आर्थिक समृद्धि एवं विकासको लक्ष्य लिएको नेपालजस्तो मुलुकको लागि सुखद शुभसूचकको मुलमन्त्र मान्दा फरक नपर्ला ।

यस प्रकारका सकारात्मक क्रियाकलापले मुलत राष्ट्रभित्र दुईवटा सुखद अनुभूतीको प्रत्याभूति दिलाउने छ । पहिलो अवस्था भनेको निश्चित रूपमा मुलुकलाई आत्मनिर्भर वन्न प्रेरित गराई विकासको लक्ष्य हासिल गराउने छ । यसबाहेक मूल समस्याको रूपमा रहेको बढ्दो बेरोजगारीको दरलाई क्रमश न्यूनीकरण गर्दै नयाँ रोजगारीका सम्भावनाका ढोकाहरू खोल्न अवश्य पनि प्रस्तुत कदमहरू कोशेढुंगा सावित हुने देखिन्छ । जसको सकारात्मक नतिजा भन्नु नै मुलुकबाट क्रमशः गरिबी निवारण हुनुको साथै प्रतिव्यक्ती आयमा उल्लेख्य अभिबृद्धि हुनु हो ।

प्रस्तुत अवस्थाले आम नागरिक समुदायको आय स्रोतमा वृद्धि गराउनेछ । तदुपरान्त आम नागरीक समाजको दैनिकीमा रचनात्मक आर्थिक उन्नतिको सूत्रपात हुनेछ । जसले मानवीय पुँजी विकासको साथ—साथै उत्पादनशील उद्योगको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्नेछ । यसबाट निःसन्देह औद्योगिकीकरणलाई बढ्वा मिल्नेछ । किनकि एक्काइसाँै शताब्दिको आर्थिक विकासको मेरूदण्ड भनेकै मुलुकको औद्योगिक क्षेत्रको विकास हो । यसमा कसैले पनि आशंका गर्नुपर्ने ठाउँ रहँदैन ।

यस प्रकारका गतिविधिले मुलुकलाई आर्थिक रूपले सम्पन्न बनाउँदै समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पु¥याउनेछ । यो नै निश्चित रूपमा आत्मनिर्भर केन्द्रित अर्थव्यवस्थाको समृद्धिको शुभारम्भ हो । जसका कारण स्वदेशभित्र उत्पादित वस्तु तथा सेवाहरू निर्यात योग्य वस्तुको रूपमा स्थापित हुनेछन् । आत्मनिर्भर अर्थव्यवस्थाको मूल चुरो रूपमा निर्यातयोग्य वातावरणलाई लिन सकिन्छ । जसले हालसम्म कायम रहदै आएको आयातित अर्थव्यवस्थालाई क्रमिक रूपमा न्युनीकरण गर्दै निर्यातलाई प्राथमिकतामा राखी कार्य गर्ने वातावरण सिर्जना गर्नेछ ।

तर यसको पूर्ण सफलताको लागि बजार विवीधिकरणको आवश्यकता पर्दछ । सम्बद्ध औद्योगिक प्रतिष्ठानबाट उत्पादित वस्तुहरू मुलुकभित्रै खपत हुन नसक्ने अवस्थामा आन्तरिक बजारको साथ साथै व्याह्य जगतसँग प्रतिस्पर्धि वन्नु पर्ने हँुदा वस्तुको गुणस्तरमा समेत विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । जसका कारण उत्पादित वस्तुले विश्व बजारमा उल्लेख्य मात्रामा ख्याति प्राप्त गर्न सम्भव रहोस् । नेपालको सन्दर्भमा भन्दा हालको परिस्थितिमा बजार विस्तृतीकरणको लागि खासै समस्या देखिँदैन ।

छिमेकी मित्रराष्ट्र भारत—चीन केन्द्रित बजार रणनीतिलाई मात्र लक्षित गर्दै निर्यातयोग्य वस्तुको कार्य आरम्भ गर्ने हो भने उत्पादित वस्तु तथा सेवाको लागि अन्य वाह्य विश्व बजारमा भौतारिएर हिँड्नुको कुनै अर्थ रहदैन । यी दुबै शक्ति राष्ट्रमा रहेको बढ्दो जनसंख्यालाई मात्रै आधार मानी औद्योगिक क्रान्तिमार्फत नेपालले आफ्नो औद्योगिक उत्पादनको अभिवृद्धि गर्ने हो भने मनग्य आर्थिक सफलता हासिल गर्दै परीवत्र्य विदेशी मुद्रा भित्राउन सक्ने वातावरण तयार भइसकेको छ ।

यसका अतिरिक्त विषेशगरी भारतीय अर्थतन्त्रको सकारात्मक वा नकारात्मक प्रभावले नेपालको अर्थतन्त्रमा पनि विभिन्न प्रकारका आरोह अवरोह खडा गर्ने भएको हुदा यस तथ्यलाई विशेष ध्यानमा राखी कार्य गर्दा निश्चित रूपमा मुलुकको व्यापार घाटा न्युनीकरण गर्न सम्भव रहन्छ । यो हुनु भनेको अन्ततः निर्यात लाई प्रोत्साहन गर्नु हो । जसले आत्मनिर्भर केन्द्रित अर्थव्यवस्थालाई समृद्धिको सूचकको रूपमा परिणत गर्न सक्षम रहने छ भन्ने, विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया