सांसद शाहलाई जिल्ला अदालतद्वारा ४ दिनको म्याद थप

काठमाडौँ । जहाजको उडान ढिलो (डिले) गरेको भन्दै जनकपुरको बिमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि पक्राउ परेका राजपाका संघीय सांसद प्रमोद शाहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ ।

मंगलबार काठमाडौँबाट पक्राउ परेका शाहलाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ। उनि सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित राजपाका सांसद हुन् ।

प्रतिक्रिया