रोनाल्डोको करियरको सात सय गोल

एजेन्सी, पेरिस । २०२० को युरोकप छनोटअन्तर्गत पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भएको छ । यो जितले युक्रेनले युरोकपमा स्थान बनाउँदा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ७ सय गोल पूरा गर्न सफल भए । ३४ वर्षे रोनाल्डोले युक्रेनविरुद्ध पोर्चुगलका लागि एक मात्र गोल गरेका थिए । जुन उनको करियरको ७ सयौँ गोल थियो ।

उनले यो गोल पेनाल्टीमा गरेका थिए । ९ सय ७३ खेलमा सात सय गोल पूरा गरेका रोनाल्डोले देशका लागि भने गोल संख्या ९५ पु¥याएका छन् । उनले सात सय गोल पूरा गरेसँग उनी ७ सय गोलको क्लबमा अटाएका छन् ।  तर उनीभन्दा अगाडी अझै ५ खेलाडी रहेका छन् । जसमा थोमस मुलरको ७ सय ३५, हंगेरीका फेरेन्स पुस्कासको ७ सय ४६, पेलेको ७ सय ६७, ब्राजिलकै रोमारियाको ७ सय ७२ गोल छ । फुटबलमा सर्वाधक गोलको रेकर्ड जोसेफ विकानको नाममा रहेको छ । उनले ८ सय ५ गोल गरेका छन् ।

प्रतिक्रिया