इंग्ल्यान्डका तीन खेलाडी गोल्डेन ब्वाई

एजेन्सी, लन्डन । फिफाले इंग्ल्यान्डका तीन खेलाडीसहित गोल्डेन ब्वाई अवार्ड २०१९ को लागि २० खेलाडीहरूको नाम सार्वजनिक गरेको छ ।
फिफाले गत महिनामा ४० खेलाडीको सूची सार्वजनिक गरेको थियो । जसमा प्रिमियर लिगका ६ खेलाडी थिए । तर, फिफाले ४० खेलाडीको सूचीलाई छोट्याएर २० मा सीमित गरेको छ ।

फिफाले गोल्डेन ब्वाइ अवार्डको लागि यूरोपियन लिगहरूबाट २१ वर्षमुनिका खेलाडीहरूलाई चुनेको हो । जसमध्ये हालचाल राम्रो छाप पार्न सफल बार्सिलोनाका अन्सु फाटी, एट्लेटिको मड्रिडका जोओ फेलिक्स र म्यानचेस्टर युनाइटेडको नजरमा परेका इर्लिङ हालन्ड रहेका छन् ।
यसैगरी इंग्ल्यान्डका फिल फोडेन, जेडोन सान्चो र मासोन माउन्ट पनि गोल्डेन ब्वाइ अवार्डको लागि मनोनित भएका छन् । डोनयल मालेन, भिनिसियस जुनियर, म्याथिज्स डी लिट र मोइस किन पनि सूचीमा परेका छन् ।

सन् २०१८ गोल्डेन ब्वाइ अवार्ड नेदरल्यान्डका डी लिटले अयाक्सबाट युभेन्टसमा अनुबन्ध हुनुभन्दा पहिले पाएका थिए । गत समरमा बेन्फिकाबाट एट्लेटिको मड्रिडमा अनुबन्ध भएका जोओ फेलिक्स सबैको नजरमा परेका छन् । यसैगरी नर्वेका इर्लिङ हालन्ड पनि धेरैको नजरमा परेका छन् । गोल्डेन ब्वाइ अवार्डको घोषणा डिसेम्बर १६ मा हुनेछ । अन्य खेलाडीमा निकोलो जानिओलो, फेरान टोरेस, एन्ड्री लुनिन, डेहान होभेन्जिक, काइ हाभट, रोड्रिगो, अल्फोन्सो डेभिस, म्याटिओ गुएनडोजी, काङ इन ली र जियानलुइगी डोन्नारुम्मा परेका छन् ।

प्रतिक्रिया