युरोकप २०२० : युक्रेन छनोट हुने पाँचौँ राष्ट्र

एजेन्सी, पेरिस । युक्रेनले पोर्चुगललाई स्तब्ध बनाउँदै युरोकप २०२० का लागि छनोट भएको छ । पोर्चगललाई २–१ ले हराउँदै युक्रेन युरोकप २०२० का लागि छनोट हुने पाँचाँै टोली भएको छ । यसअघि इटाली, पोल्यान्ड, रसिया र बेल्जियम छनोट भइसकेका छन् ।  सन् २०२० मा आयोजना हुने युरोकप फुटबलको छनोट खेलमा इंग्ल्यान्डले पाँचौँ जित हात पारेको छ । समूह ए मा रहेको इंग्ल्यान्डले ६ मध्ये ५ मा जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा छ ।

समूह ‘बी’ मा रहेको युक्रेनले छैठौं मिनेटमा नै गोलको खाता खोलेको थियो । रोमन यरम्चुकले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । अग्रता बनाए पनि आक्रामक रणनीतिकलाई अबलम्बन गरिरहेको युक्रेनले २७ औँ मिनेटमा एन्ड्री एरमोलेन्कोले गोल गर्दै अग्रता २–० मा पु¥याए । पहिलो हाफमा २–० को अग्रता बनाएको युक्रेनलाई ७२ औँ मिनेटमा नराम्रो झट्का लागेको थियो ।

टारेस स्टेफनेकोले दुई पहेलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि युक्रेन बाँकी समय १० खेलाडीमा खेल्नु परेको थियो । कम खेलाडी भएको फाइदा उठाउँदै खेलमा फर्किन संघर्षरत पोर्चुगलले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो ।  ‘खेलमा कुनै दिन भाग्यले साथ दिँदैन् । अनेकौँ प्रयास गरे पनि बलले गोलको दिसा लिन सकेन,’ पोर्चुगलका मिडफिल्डर ड्यानिलोले भने, ‘भूतलाई सम्झेर व्याख्या गर्नु भन्दा भविष्यमा राम्रो गर्नु संकल्प गर्नु राम्रो हुन्छ । अझै दुई खेल बाँकी छन् । ती खेलमा जित निकाल्न सके हाम्रो ढोका उघ्रिनेछ ।’

समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अपराजित रहेको युक्रेनको सोमबारको जितसँगै समूह तालिकामा १९ अंक भएको छ । सात खेलमध्ये ६ खेलमा जित र एक खेल बराबरी खेलेको युक्रेन समूह ‘ए’ को एकमात्र अपराजित टोली हो । पराजित पोर्चुगल ६ खेलबाट ११ अंकका साथ समूह तालिकाको दोस्रो स्थानमा छ ।

सोमबार राती भएको खेलमा बुल्गेरियामाथि ६–० गोल अन्तरको फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा रस ब्रेक्ली र रहिम स्टर्लिङले २–२ गोल गर्दा मार्कस रासफोर्ड र हेरि केनले १–१ गोल गरेका थिए । सातौं मिनेटमा रासफोर्डले ब्रेक्लीको पासमा उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । २०औँ मिनेटमा ब्रेक्लीले स्टर्लिङको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि ब्रेक्लीले व्यक्तिगत दोस्रो तथा इंग्ल्यान्डका लागि तेस्रो गोल गर्दा हेरि केनको पास सदुपयोग गरेका थिए ।

इन्ज्योरी समयको चौथो मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को अग्रता दिलाउन सफल भए । स्टर्लिङको गोलमा केनको सहयोग रहेको थियो । पहिलो हाफमा ४ गोल गरेको इंग्ल्यान्डले बाँकी २ गोल दोस्रो हाफमा गरेको हो । ६९औँ मिनेटमा केनकै पासमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौँ गोल थपेका थिए ।

सुरुदेखि दबाबमा रहेको बुल्गेरियाले ८५औँ मिनेटमा छैटौँ गोल खान पुग्यो । यस्तै, समूह ए कै अर्को खेलमा कोसोभोले मोन्टिनेग्रोमाथि २–० को जित निकालेको छ । कोसोभोको जितमा २ गोल पहिलो हाफमा सम्भव भएका थिए । अमिर रहमानीले १०औँ तथा ३४औंँ मिनेटमा भिडाट मोरक्यूले १–१ गोल गरेका थिए ।

प्रतिक्रिया