बंगुर पालनमा ब्यस्त विर्खबहादुर

जुम्ला । जुम्ला पाताराशी गाउँपालिका– ६ खुरिचौतारा निवासी विर्ख वहादुर बुढा बंगुरपालन गर्दैछन् । उनको खोरमा वंगुरका बच्चाहरु भरिपुर्ण छन् । फरक फरक खोरमा २–३ बंगृुर गरेर १० वटा खोरमा भरिपुृर्ण बंगुर छन् । विहानको उज्यालोसँगै उदाएको घामको किरणमा जुम्लाको चिसोलाई प्रवाह नगरी विर्ख र उनकी धर्मपत्नी वंगृुरको स्याहार सुसार गर्नमै व्यस्त देखिन्छन् ।

हेल्भेटास नेपालमा करिव १० वर्ष जागिरको अनुभव बटुलेका विर्ख वहादुर बुढा अहिले वंगुर पालन संगै तरकारी खेतीमा व्यस्त देखिन्छन् । तरकारी खेती र वंगुरपालन को काम थालेका विर्खले अहिले विशेष बंगुरपालनलाई धेरै ध्यान दिएका छन् । ५ जनाको परिवार रहेको विर्ख वहादुरको घरमा २ छोरी र १ छोरा छन् । छोराछोरीको पढाई खर्च, घरमा चाहिने आर्थिक जोहो उनले तरकारी खेतीबाटै गरिहरेका छन् ।

दुइ बुढाबुढी मिलेर तरकारी खेतीसँगै अहिले बंगुर पालन व्यवसाय अँगालेका छन् । सफल किसान भएकै भरमा विर्ख वहादुरलाई भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जुम्लाले ९ लाख अनुदानमा पाएका छन् । ९ लाख भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जुम्ला र ९ लाख आफ्नो व्यक्तिगत लगानीमा विर्ख बहादुरले बंगुर पालन थालेका हुन् ।

वंगुरलाई चाहिने औषधी, खोर व्यवस्थापन तथा आहाराका लागि दाना सवै गर्दा १८ लाखको लगानी लागेको बुढाले बताए । उनले पहिलो चोटी २० बंगुरका पाठा खरिद गरेका हुन् । २० पाठाको ५ हजार ५ सयका दरले खरिद गरेको सुनाए ।  जुम्लामा धेरै जाडो भएकाले उनले बंगुरलाई ज्यादा सुरक्षित गर्नु पर्ने बताउँछन् ।

ओखर, स्याउ खेतीमा लगानी

बिर्ख बहादुरले आफु सफल किसानको नुमना हुने भन्दै यस वर्ष ३ सय दाँते ओखरका बोटविरुवा पनि रोपेका छन् । दाँते ओखरमा सवैको रुची जाग्ने र सहज तरिकाले खान मिल्ने भएकाले तथा यसबाट राम्रो आम्दानी हुन्छ भन्दै ३ सय वटा ओखरका विरुवाहरु जोगाउन तिर लागी रहेको उनले बताए । जुम्लामा धेरै स्याउ फल्ने हुँदा बिर्खबहादुरले स्याउका बोटविरुवाहरु पनी धेरै बृक्षारोपण गरेका छन् ।

जुम्लामा पाइने स्याउ, ओखर, सिमी, आलु सवैभन्दा राम्रो स्वास्थ्यका लागि पनी लाभदायिक हुने भन्दै बुढाले तरकारी खेतीसँगै पशुपालन गर्न लागेको बताएका छन् । १० वर्ष जागिरको अनुभव बटुलेका बुढा अहिले किसान खेतीमा अग्रसर भएको देख्दा अन्य स्थानियले उनको सिको गर्न लागेका छन् । बुढाको खेतबारीमा यो समयमा जुम्ली आलु, स्याउ, ओखर, सिमी लगाएतका तरकारी एवं फलफुल लटरम्म फलिरहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया