तिहार लक्षित गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । फ्लोरकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘१३औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आफ्नै श्रोत परिचालनबाट ललितपुरको जावलाखेलमा कार्तिक १ देखि ४ गतेसम्म आयोजना हुने भएको हो । तिहार नजिकीदै गर्दा घर आगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग गरिने गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएकोे फ्लोरकल्चर एशोसिएसन नेपालले जनाएको छ । प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने रहेको छ । समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यव्रmमहरु आयोजना गर्ने बताइएको छ ।

गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेको छ । पुष्प व्यवसायीहरुले उत्पादन गरेको फूलको बजार क्षेत्र बिस्तार तथा प्रबद्र्धन गर्ने सन्दर्भमा यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न सकिने फ्लोरकल्चर एशोसिएसन बिस्वास रहेको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावर बिधालाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने फ्लोरकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अनुसार प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्नमा सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने बिश्वास हामीले लिएका छौं ।’

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ४ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४९ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यस मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुका साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन ।

यस बर्षको मेलामा बाहिरा देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएको करिब १६ नयाँ प्रजातीको गोदावरी फूलकोे समेत प्रदर्शनीमा समाबेश गरिने भएको छ । मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको आयोजक संस्थाको दावी छ । यस मेलामा ३५ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ५० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

एसोसिएसनले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आब २०७५÷७६ सम्म आई पुग्दा पुष्प व्यवसायी संख्या ७ सय भन्दा बढि पुगेको छ । त्यस्तै, ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ । हाल लगभग १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३ हजार ५०० भन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराई रहेको एसोसिएसनले जनाएको छ । आब २०७५÷७६ मा २० दशमलव ९२५८ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ ० दशमलव ४६५८ करोड रहेको छ ।

प्रतिक्रिया