महरालाई थप तीन दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । बलत्कारको आरोप लागेका पुर्वसभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले आदेश दिएको छ ।

यसभन्दा अघि१० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । दशैँ बिदापछि अदालत खुलेसँगै पुर्व सभामुख महरालाई मंगलबार जिल्ला अदालत काठमाडौँमा प्रहरीले उपस्थित गराएको थियो ।

सरकारी सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरा पक्राउ गरेका थिए ।शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी थिइन् ।

प्रतिक्रिया