विमानस्थलमा तोडफोड गर्ने सांसद शाह पनि पक्राउ

काठमाडौँ । जनकपुरको विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद शाहलाई पनि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान महाशाखाका टोलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांसद शाह पक्राउ परेका हुन् । उनी काठमाडौँबाट ओखलढुंगा जान लागेका थिए ।

सर्लाही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद शाहले काठमाडौँ जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।

यस्तो काण्डमा ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले सांसद शाहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया