निलम्बित कांग्रेस सांसद आलमलाई सात दिन म्याद थपियो

काठमाडौँ । निलम्बनमा परेका नेपाली कांग्रेस सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपिएको छ । उनि हत्या आरोपमा गत आइतबार पक्राउ परेका सांसद हुन् ।

उनिमाथि २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोप लागेको छ ।

आलममालाई जिल्ला अदालत रौतहटका न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया