गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाउने

काठमाडौं । सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष र गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्वक्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ ।

दैनिक जागरणका अनुसार, मुम्बईमा आइतबार साँझ भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरूको बैठकमा यो सहमति भएको हो । त्यसअघि शनिबार भाजपाका एक वरिष्ठ नेताको घरमा पनि बैठक बसेको थियो । ४७ वर्षीय सौरभ गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन् । उनी हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुँदैछ । त्यसपछि उनी तीन वर्षको कुलिङ पिरियडमा जानुपर्ने छ । यदि सौरभ गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बनेमा उनी १० महिनासम्म यस पदमा रहने छन् ।

बीसीसीआईको पाँच सदस्यीय पदका लागि १४ अक्टबुर अर्थात् सोमबार मनोनयन दर्ता र २३ अक्टुबरमा चुनाव छ । तर, यसपटक चुनाव नहुने र सबै निर्विरोध निर्वारिचत हुने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया