आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद ?

विश्वका चर्चित नेताका रुपमा रहेको जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको विषय लामो समय चर्चामा रह्यो । उनको नेपाल भ्रमण हुन्छ वा हुन्न ? बाट सुरु भएको चर्चा भ्रमण भए कसरी होला ? भ्रमणले नेपाललाई के–के उपलब्धि होला ? जस्ता विषयसम्म चुलिएको थियो । अहिले भ्रमण सम्पन्न भय सक्दासम्म उनको चर्चा बौद्धिक र राजनीतिक वृतमा जारी छ । यति वेला भने सीले नेपाल भ्रमणका क्रममा गरेका सम्बोधन र उनको अभिव्यक्तिमा केन्द्रीत छ ।

नेपालको दुईदिने राजकीय भ्रमण सकेर आइतबार चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । तर, नेपालमा लामो समयपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणबारेको चर्चा भने कायमै छ । नेपालमा रहँदा सीले ‘आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद’का पक्षमा चीन नरहेको भनी दिएको अभिव्यक्तिलाई पनि राजनीतिशास्त्री र कूटनीतिका जानकारहरूले आ–आफ्नै ढंगले अथ्र्याएका छन् । उनले नेपाल भ्रमणका क्रममा के बोल्लान भनेर उत्सुकता साथ बसेका बौद्धिक जमातलाई उनको सो अभिव्यक्ति अहिले चर्चाको अर्को विषय बनेको छ ।

उनको सो भनाइलाई लिएर कसैले अमेरिका र नेपालको दक्षिणी छिमेकी भारतप्रति लक्षित रहेको रूपमा अथ्र्याएका छन् भने कसैले चाहिँ यो चीनको केन्द्रीय परराष्ट्रनीतिको अभिव्यक्ति मात्र भएको बताएका छन् । गत शनिबार राजधानी काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजअघि सम्बोधन गर्दै सीले चीन ‘आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद’का पक्षमा नरहेको बताएका थिए । धेरैको भनाइ यो चीनको परराष्ट्रनीतिभन्दा बढी बुझ्न नहुने छ ।

शनिबारको सम्बोधनका क्रममा उनले भनेका थिए, ‘वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ ।’ ‘जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ ।’

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीचाहिँ सीले कुनै देशलाई सीधै लक्षित नगरी अहिले विश्वव्यापी रूपमा बढ्दो प्रवृत्तिलाई लक्षित गरेको हुन सक्ने बताउँछन् । कार्की भन्छन, ‘आफैँमा केन्द्रित हुने र आफ्नै मुलुकलाई मात्र हेर्ने जुन प्रवृत्ति बढेका छन् त्यसलाई नै उनले लक्षित गरेका हुन् जस्तो लाग्छ ।’ ‘कुनै देशलाई नै लक्षित गरेको भन्ने त होइन

सो अवसरमा उनले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई ‘साझा गृहस्थल पृथ्वी’ र ’सगरमाथा हिमालय क्षेत्र’को रक्षा गर्न चीन सदा तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनको यो भनाइलाई कतिपयले अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध र जलवायु परिवर्तनसम्बन्धी विश्व राजनीतिसँग जोडेरसमेत हेरेका छन् । हेरेका मात्रै होइन आ–आफ्नै ढंगले अथ्र्याएका पनि छन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालका अनुसार सीको उक्त अभिव्यक्ति ‘अमेरिका र भारतप्रति लक्षित’ जस्तो देखिन्छ । उनी भन्छन्, ‘यो भनाइ स्वाभविक रूपमा अमेरिका र भारततर्फ लक्षित देखिन्छ ।’ ‘नेपालमा अमेरिकाको पनि चासो छ र चीनले त्यसलाई आफ्नो सुरक्षा चासोका रूपमा लिन्छ । युरोपका हकमा पनि यो लागू हुन्छ ।’

तर सीले कस्तो खालको ‘बहुलवाद’को वकालत गरेका हुन् भन्ने प्रश्चचिह्न उठ्ने उनी बताउँछन् । खनाल भन्छन्, ‘चीनमा बहुलवाद कति लागू हुन्छ भन्ने हो । हामी त खुला समाजको परिपाटीमा हुर्केका छौँ । तर चीन अहिले पनि नियन्त्रित समाज हो ।’ ‘त्यस अर्थमा पनि यो भनाइ अमेरिका र भारतलक्षित देखिन्छ ।’

चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतमचाहिँ सीको उक्त भनाइलाई चीनको केन्द्रीय नीतिको अभिव्यक्ति मात्र मान्छन् । उनी भन्छन, ‘यो कसैप्रति पनि लक्षित होइन । चीनको केन्द्रीय नीतिको अभिव्यक्ति मात्र हो ।’ ‘त्यसलाई कुनै देशसँग जोडेर हेर्नुको अर्थ छैन र यस्ताखाले अभिव्यक्ति उनीहरूले जहाँ गए पनि व्यक्त गर्छन् ।’

उनका अनुसार चीन अहिलेको आधारभूत नीति नै ‘साना, भूपरिवेष्टित र कमजोर राष्ट्रहरू’ का पक्षमा बोल्ने रहेको छ । त्यसैलाई सीले विभिन्न मञ्चबाट अभिव्यक्त गरिरहेको उनको तर्क छ । यसलाई आफू अनुकुल वा दृष्टिका आधारमा भन्दा फरक रूपमा बुझ्नुपर्ने उनको धारणा छ ।

गौतमका अनुसार चीनले अहिले भूमण्डलीकरण र बजारीकरण पनि न्यायोचित हुनुपर्छ भन्ने मान्यतामा रहेकाले सीले नेपालमा पनि त्यसैलाई दोहो¥याएको बताए । गौतम भन्छन्, ‘सीले भनेको बहुलवाद आन्तरिकभन्दा पनि अन्तर्राष्ट्रिय बहुपक्षता हो । उनले त्यस सन्दर्भमा बहुलवाद भनेका हुन् ।’ यसलाई अन्य अर्थमा बुझन नहुने उनको तर्क छ ।
सीको अभिव्यक्तिको अर्थ के हो ?

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीचाहिँ सीले कुनै देशलाई सीधै लक्षित नगरी अहिले विश्वव्यापी रूपमा बढ्दो प्रवृत्तिलाई लक्षित गरेको हुन सक्ने बताउँछन् । कार्की भन्छन, ‘आफैँमा केन्द्रित हुने र आफ्नै मुलुकलाई मात्र हेर्ने जुन प्रवृत्ति बढेका छन् त्यसलाई नै उनले लक्षित गरेका हुन् जस्तो लाग्छ ।’ ‘कुनै देशलाई नै लक्षित गरेको भन्ने त होइन ।’

यस्तो प्रवृत्ति सबैका लागि आत्मघाती हुन सक्छ भन्ने सन्देश सीले दिन खोजेको कार्कीको धारणा छ । उनको बुझाइमा पनि सीले भनेको ‘बहुलवाद’ आन्तरिक नभई अन्तर्राष्ट्रिय विविधताको वकालत हो । उनले उक्त अभिव्यक्ति दिएर सबै मुलुकहरू अहिले कुनै पनि मुलुकले प्रभुत्व जनाएर हुँदैन भन्ने सन्देश दिएको उनले बताए । कार्की भन्छन्, ‘अब पहिलेजस्तो एउटा कुनै मुलुक वा विचारले विश्व हाँक्छु भन्ने सोचेर हुँदैन भन्ने जनाउन पनि उनले त्यस्तो भनेका हुन सक्छन् ।’

राजनीतिशास्त्री र कूटनीतिका जानकारहरूका अनुसार सीले आफ्नो भ्रमणका क्रममा नेपाललाई कतिपय कुरामा ‘आफूहरूले साथ दिने’ सन्देश पनि दिएका छन् । प्राध्यापक खनालका अनुसार यो पटकको भ्रमणबाट मुख्यतः दुईवटा राजनीतिक प्रभाव देखिएका छन्, नेपालमा चीनको प्रभाव विस्तार र उसले नेपालको नाडी छाम्नु ।

खनालका अनुसार अहिले नेपालको शासन र प्रशासनमा भारतीयभन्दा चिनियाँ सम्पर्क बढ्नुले उसको प्रभावलाई देखाउँछ । त्यो प्रभाव यो भ्रमणपछि अझ सशक्त हुने उनको बुझाइ छ । त्यस्तै सीले कतिपय कुरामा नेपाली नेताहरू र नेपालको नाडी पनि छाम्न सफल भएको उनी बताउँछन् ।

सीले आफ्नो मन्तव्यका क्रममा योजनाहरू कार्यान्वयनमा ध्यान दिनुपर्ने अभिव्यक्ति दिएर पनि त्यसको संकेत गरेको उनी ठान्छन् । गौतम र कार्की पनि यो भ्रमणबाट नेपाललाई चीनले सहायता गर्छ भन्ने देखाएकाले भएका सम्झौताहरू कार्यान्वयन गर्नतर्फ नेपाल लाग्नुपर्ने सुझाब दिन्छन् । (बिबिसी)

प्रतिक्रिया