‘बिग बोस सिजन १३’ बन्द गर्न माग गर्दै प्रदर्शन

मुम्बई । भारतको लोकप्रिय शो ‘बिग बोस सिजन १३’ बन्द गर्न भन्दै बलिउड अभिनेता सलमान खानको घरबाहिर प्रदर्शन भएको छ । जसकारण मुम्बई प्रहरीले खानको घरबाहिर सुरक्षा बढाएको छ । भारतीय मिडियाका अनुसार करणी सेनाका सदस्यसमेत प्रदर्शनकारीको एक समूहले शुक्रबार पश्चिम मुम्बईको बान्द्रास्थित सलमान खानको निवास बाहिर प्रदर्शन गरेका थिए ।

खबरका अनुसार प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । साथै प्रहरीले सुरक्षा पनि बढाएको छ । रिपोर्टसका अनुसार ‘बेड फ्रेन्डस् फरएभर’ नामक नयाँ अवधारणा बिग बोस सिजन १३ मा देखाइएको र त्यसलाई रोक्नुपर्ने भन्दै प्रदर्शन भएको हो ।

यो अवधारणालाई लिएर करणी सेनासमेत कैयन् संगठनले आलोचना गरेका छन् । यसले अश्लीलतालाई बढावा दिने र भारतीय संस्कृतिको विरुद्धमा जाने उनीहरुको भनाइ छ । प्रहरीले भने कुनै अप्रिय घटना नघटोस् भनेर सलमान खानको घरबाहिर सुरक्षा बढाइएको बताएको छ ।

प्रतिक्रिया