जापानमा दशकौँ यताको भीषण आँधी

बिबिसी । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा नौ जना मानिसको मृत्यु भएको र कैयौँ अरू हराइरहेका छन्।

शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोकियो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिसकहाँ बिजुली काटिएको छ। हगिबिस नाकम आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुन्द्रतिरै फर्कने ठँनिएको छ। आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो।

त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २ सय २५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ। जापानी समाचार संस्था एनएचकेका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ।

आँधी नजिकिँदै गर्दा समुन्द्री छालहरू विशाल बन्दै गएका थिए । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ। तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन्।

जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा ूशहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ। जेएमएले शनिवार दिउसोदेखि आइतवार सम्ममा टोकियो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया