सलमानको बंगलामा प्रहरीको छापा

एजेन्सी । भारतीय पुलिसले दबंग स्टार सलमान खानको गोराइस्थित बंगलामा छापा मारेको छ । जहाँबाट उनको बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यक्तिलाई गिरफ्तार गरेको हो । सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा थिए ।

जबरजस्ती चोरी र कुटपिटको केसमा परेका उक्त अपराधी जमानतमा छुटेदेखि फरार रहेका थिए । यही कारण अदालतले ती व्यक्तिविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो । बुधबार राति मुम्बई पुलिसलाई एक गोप्य स्रोतबाट उक्त व्यतिmको बारेमा जानकारी पाएपछि अपराध शाखाका ४ युनिट गएर सलमानको घरमा आक्रमण गरेका थिए ।

प्रतिक्रिया