टी–ट्वान्टी क्रिकेट, नेपालले नेदरल्याण्डलाई हरायो

काठमाडौँ । ओमनमा जारी रहेको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्डलाई हराएको छ । नेपालले नेदरल्याण्ड्समाथि पहिलो जितमा चार विकेटले हराएको हो । १३३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करण केसी उत्कृष्ट खेलाडी बने ।

उनले नेपाललाई अन्तिम ओभरमा जितकालागि १७ रनको आवश्यक परेको अवस्थामा २० ओभरमा नेदरल्याण्डका बलर शेन स्नेटरको पहिलो बलमा छक्का प्रहार गरे । त्यस्तै दोस्रो बल डट खेल्दा तेस्रो बलमा चौका र चौथो बलमा पूनः छक्का प्रहार गर्दै स्कोरलाई बराबरीमा ल्याएका थिए । अन्त्यमा एक रन जोड्दै नेपालको जित सुनिस्चित गरे । यस्तै नेपालका पारस खड्काले ३३, बिनोद भण्डारीले २६ रन बनाए ।

यसअघि ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १३३ रन बनायो । नेदरल्याण्डका म्याक्स ओ डोडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कोलिन एकरम्यान २९,एन्टोनियस स्टालले २१ तथा स्कट एडवर्ड्सले १६ रन जोडे । नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिदा ललित राजवंशीको नाममा एक विकेर रह्यो ।

दुई खेल सकिदा नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुई खेलमा जित हात पारेको आयोजक ओमनले रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ । आयरल्याण्ड एकमा जित र हार सहित तेस्रो तथा विना जितका साथ नेदरल्याण्ड र हङकंङ चौंथो र पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया