महरालाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ । यौन दुव्र्यबहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

महरालाई संसद सचिवालयकी कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि शुक्रबार जाहेरी दिएकी थिइन् । जाहेरी परेसँगै प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गर्न आदेश दिएको हो ।

प्रतिक्रिया