टेनिस टोली बैंकक जाने

काठमाडौं । आईटीएफ/एटिएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्प– २ मा सहभागी हुन ३ लनटेनिस खेलाडी बिहीबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।

अक्टोबर ५ देखि १२ तारिखसम्म हुने ट्रेनिङमा प्रसिद्ध मोक्तान, निमिशा ढकाल र अजा रेग्मीले सहभागिता जनाउने छन् । टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया