यसरी चलेको छ चीनमा कम्युनिस्ट पार्टीको शासन

अक्टोबर १, १९४९ देखि चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) को ले शासन गर्दे आएको छ । अध्यक्ष माओको बेलादेखि नै कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति राष्ट्र बनाइदिएको हो । तर त्यसक्रममा सत्तारुढदलले अरु विपक्षीलाई सहेको छैन र सरकारको बिरोध सहज छैन ।

जनवादी गणतन्त्र चीनले भर्खरै आफ्नो स्थापनाको ७०औँ वार्षिकोत्सव मनाएको छ । यही सन्दर्भमा विश्का शक्तिशाली राष्ट्र, सञ्चार जगत र राजनीतिक वृतले चिनियाँ कम्युनिस्ट पार्टीले कसरी देश चलाउँदैछ भन्ने विषयलाई हेरिरहेको छ । त्यहाँको प्रहरीदेखि सेनासम्म जोडेर पूरै देश कम्युनिस्ट पार्टीको पूर्ण नियन्त्रणमा छ ।

नौ करोड सदस्य रहेको कम्युनिस्ट पार्टीलाई तल फराकिलो र माथि साँघुरो हुँदै जाने पिरामिड शैलीमा संगठित गरिएको छ । सबैभन्दा माथि पार्टीको पोलिटब्यूरो छ र शीर्षस्थ स्थानमा चाहिँ राष्ट्रपति सी रहेका छन् । नेशनल पिपुल्स कंग्रेस नाम गरेको संसद् पनि छ । तर, त्यसले पार्टीको नेतृत्वले गरेको निर्णयलाई सदर गर्ने काम मात्र गर्छ ।

सन् १९७६मा माओको निधन भएपछि देङ स्यायोपिङले सुधारको काम थालेका हुन् । त्यसपछि देशले विस्तारै मन्दीको अवस्थाबाट मुक्ति पाउन थाल्यो । सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सी जिन्पिङले चीनलाई विश्व शक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । उनको काम गर्ने शैली विश्वमा नै सिक्ने लायक छ

कम्युनिस्ट पार्टीले सञ्चारमाध्यम र इन्टरनेटमाथि कडा नियन्त्रण कायम गरेको छ । त्यसले पनि सरकारका विरुद्ध हुनसक्ने विद्रोहलाई मत्थर पार्न सहयोग पुगेको छ । चीनलाई माया गर्छु भन्नु नै चिनियाँ कम्युनिस्ट पार्टीलाई माया गर्नु हो । त्यस क्रममा बहुलवादी र प्रजातान्त्रिक ढाँचाका शासन पद्धतिलाई अस्वीकार गर्दै राष्ट्रिय एकता र आर्थिक वृद्धिमा विशेष जोड दिइएको छ । चीनको संसद्ले कानुन पारित गर्ने काम गर्छ । चीन वास्तवमा एकदलीय सरकार भएको राष्ट्र हो । यसको अर्थ त्यहाँ अन्य पार्टी नै छैन भन्ने होइन, देशमा कयौँ साना दलहरू रहेका छन् । तर, तिनले कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारलाई समर्थन गर्छ । कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई संविधानमा समेटिएको छ ।

चीनका निर्माता माओको नेतृत्वमा कम्युनिस्ट पार्टीले देशमा कडा अधिनायकवादी समाजवाद लागु गरेको भन्दै पश्चिमा मुलुकहरुले आरोप लागाउने गरेका पनि छन् । तथापि ‘ग्रेट लीप फोर्वर्ड’ अर्थात् अग्रगामी छलाङ भनिने कार्यक्रम, भोकमरी र सांस्कृतिक क्रान्तिका कारण केही मानिसको ज्यान गएको पनि भनिन्छ ।

सन् १९७६मा माओको निधन भएपछि देङ स्यायोपिङले सुधारको काम थालेका हुन् । त्यसपछि देशले विस्तारै मन्दीको अवस्थाबाट मुक्ति पाउन थाल्यो । सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सी जिन्पिङले चीनलाई विश्व शक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । उनको काम गर्ने शैली विश्वमा नै सिक्ने लायक छ ।

चीनको कुल जनसंख्याको करिब सात प्रतिशत संख्या कम्युनिस्ट पार्टीका सदस्य रहेका छन् । राजनीति, व्यापार वा मनोरञ्जन क्षेत्र नै किन नहोस्, आफ्नो पेसामा अघि बढ्नका लागि पार्टीको बफादार सदस्य हुनु अनिवार्य हुन्छ । त्यसले पनि त्यहाँको पार्टी र सरकार बलियो हुँदै मुलुक समृद्ध बनेको छ । त्यो चीनको प्रसिद्ध ई–कमर्श कम्पनी अलिबाबाका ज्याक मा, टेलिकम ह्वावेईका संस्थापक रेन झेङफेई वा ख्यातिप्राप्त चलचित्र नायिका फ्यान बिङ्बिङको हकमा पनि लागु हुन्छ ।

त्यहाँ कम्युनिस्ट पार्टीको अनुशासन कडा छ । यदि कसैले पार्टीको सिद्धान्तविपरीत हिँडेको पाइएमा उनीहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्नु पर्छ वा गोप्य रूपमा बन्दी अवस्थामा रहने गरी मुद्दा खेप्नुपर्छ । गत वर्ष नायिका फ्यानले त्यस्तै गर्नुपरेको थियो । स्थानीय तहदेखि नै पार्टीका संगठनहरूले माथिल्ला निकायको चयन गर्छन् । नेशनल पार्टी कंग्रेसले केन्द्रीय समितिको चयन गर्छ जसले पोलिटब्यूरो गठन गर्छ । यी चुनावहरूबारे पहिले नै निर्णय गरिएको हुन्छ । तर वास्तविक शक्ति चाहिँ पोलिटब्युरोसँग हुन्छ ।

पार्टीको शीर्षस्थ स्थानमा राष्ट्रपति सी छन् । सन् २०१७ मा पार्टीले उनलाई आजीवन राष्ट्रपति बन्नका लागि बाटो खोलिदियो । कम्युनिस्ट पार्टीले उनको नाम र विचारधारालाई देशको संविधानमै समेट्नका लागि मत दियो जसले उनलाई संस्थापक नेता माओ जेदोङको हैसियतमा पुर्याएको छ ।

सर्वशक्तिमान पोलिटब्युरो
कम्युनिस्ट पार्टीले देशको सरकार, प्रहरी र सेना सबैलाई नियन्त्रणमा राख्छ । शीर्ष स्थानमा रहेको पोलिटब्युरोले पार्टीको विचारधारालाई सम्मान गरिएको छ कि छैन भनेर सुनिश्चित गर्छ । त्यसका अतिरिक्त उसले अन्य तीन अंगलाई समेत नियन्त्रणमा राख्छ ।

– स्टेट काउन्सिल (राज्य परिषद्)
– सेन्ट्रल मिलिटरी कमिसन (केन्द्रीय सैन्य आयोग)
– नेशनल पिपल्स कंग्रेस अथवा संसद्

सन् १९४९ देखि चिनियाँ कम्युनिस्ट पार्टीले निरन्तर शासन गर्दे आएको छ ।

स्टेट काउन्सिल भनेको सरकार हो जसको नेतृत्व अहिले प्रधानमन्त्री ली कचियाङले गरिरहेका छन् । उनी राष्ट्रपतिभन्दा कनिष्ठ हुन् । यसको काम दलको नीतिलाई देशभरि फैलाउनु र राष्ट्रिय आर्थिक योजना तथा राज्यको बजेटको व्यवस्थापन गर्नु हो ।

सेना र पार्टीबीचको सम्बन्ध दोस्रो विश्वयुद्ध र त्यसपछिको गृहयुद्धको समयदेखि सुरु भएको हो । उनीहरूबीचको नजिकको नातालाई केन्द्रीय सैन्य परिषद्ले संस्थागत रूप दिएको छ । त्यसले देशको सैन्य फौजको नेतृत्व गर्छ । यसले देशको परमाणुअस्त्र भण्डार र देशको २० लाखभन्दा बढी सैनिकको नियन्त्रण गर्छ । चीनको सेनालाई विश्वकै सबैभन्दा ठूलो मानिन्छ ।

विचारमा नियन्त्रण
चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोह सहनै सक्दैन । वास्तविक रूपमै विपक्षी दललाई अनुमति दिइन्न र सरकारका आलोचकले मुद्दा खेप्ने जोखिम हुन्छ ।

सरकारी अधिकारी वा निकायविरुद्ध बोल्नु त्यहाँ सहज पक्कै छैन । कहिले काहीँ त्यस्तो अवस्थामा कारबाहीसमेत हुने गरेका सुनिन्छ । वर्तमान राष्ट्रपति सीको कार्यकालमा मानवाधिकारमाथि नियन्त्रण गर्ने क्रम पनि तीव्र भएको छ ।

त्यस्ता कारबाहीले उच्चपदस्थ व्यक्तिहरूलाई पनि छोडेको छैन । एउटा देखावटी अदालती सुनुवाइका क्रममा सन् २०१३ मा क्षेत्रीय पार्टी प्रमुख रहेका बो सीलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको मुद्दामा दोषी ठहर गरियो र उनलाई आजीवन कारावासको सजाय दिइयो ।

मानवाधिकारको सम्मान गरिरहेको बताउने गरेको चीनले विद्रोहलाई दमन गरेरै करोडौँ मानिसलाई गरिबीको रेखाबाट माथि उठाउन सफल भएकोमा गर्व गर्छ । ऊ त्यो सफलतालाई व्यक्तिगत स्वतन्त्रताभन्दा ठूलो मान्छ ।

चीनमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यम र इन्टरनेटको प्रयोग नियन्त्रित छ । चीनको ‘ग्रेट फाइअरवाल’ भनिने इन्टरनेट सेन्सर वा नियन्त्रण गर्ने प्रणालीले पश्चिमा देशका समाचारका वेबसाइटहरूका साथै गुगल, फेसबुक, युट्युब र ट्विटरलाई रोकिदिन्छ ।

दैनिक जीवन डिजिटल बनिरहेको छ जसले गर्दा कम्युनिस्ट पार्टीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी मानिसहरूको निगरानी गर्न र विभिन्न कार्यक्रम सञ्चालन गर्न पनि सहज भएको छ । मिडियामाथिको पूर्ण नियन्त्रणका कारण पार्टीलाई सार्वजनिक विचार आफूअनुकूल निर्माण गर्न र नियन्त्रण लागू गर्न पनि सजिलो भएको मानिन्छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया