आर्थिक समृद्धिमा पर्यटन

हाम्रो उत्तरी छिमेकी चीनबाट र दक्षिणी छिमेकी भारतबाट विश्व भ्रमणमा निस्कने खर्चालु पर्यटकको १० प्रतिशतलाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने पर्याप्त हुन्छ । त्यसमा युरोप, अमेरिका र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको थप योगदान रहनेछ । देशको विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउँदै आएको उद्योगमा पर्यटन उद्योेगको लामो र विश्वसनीय नाम रहेको छ

पर्यटन व्यवसाय वास्तवमा संसारको सबैभन्दा ठूलो आर्थिक स्रोत हो । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालिन हामी नेपालीहरूनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभित्र कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउने गर्दछन, तर पर्यटनको अधिक संभावना हुँदा हुँदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।

नेपालमा कहाँबाट कति पर्यटक ? आउँछन् भन्ने कुरालाई अवलोकन गर्दा सबैभन्दा बढी भारतबाट आउँछन् । तिनीहरूको मुख्य उद्देश्य भनेको धार्मिकस्थलको घुमघाममा आउँछन् । त्यस्तै गरी दोस्रोमा धेरै पर्यटक आउने देश चीन हो । सन् २०१७ मा भारतबाट एक लाख ६० हजार आठ ३२ र चीनबाट एक लाख चार हजार ६ सइ ६४ जना आएका थिए । कुन उद्देश्यले आउँछन् पर्यटक नेपालमा भन्दा खेरी बिदा मनाउन ६ लाख ५८ हजार १ सय ५३, पदयात्रा र पर्वतारोहणको लागि ७५ हजार २ सय १७, धार्मिक दृष्टिकोणले १ लाख ४१ हजार ३३ र अन्यमा ६५ हजार ८ सय १५ रहेका छन् ।

त्यस्तै गरी कुन देशका पर्यटकहरूले धेरै खर्च गर्छन् भन्दा खेरी नेपाल आउनेमध्ये संख्यामा धेरै आए पनि खर्च गर्नेको सूचीमा पर्दैनन् भारतीय र चिनियाँ पर्यटकहरूबाहेक युरोप र अमेरिकी देशका पर्यटक नै बढी खर्च गर्छन् अन्य देशको तुलनामा । सन् २०१६ मा ५३ डलर प्रतिदिन खर्चदर थियो भने सन् २०१७ मा एक डलर बढेर ५४ पुगेको छ । अमेरिका, बेलायत, जर्मनी, क्यानाडा अस्ट्रेलिया हुन । यसरी नेपालमा आउने पर्यटकहरूमध्ये कुन गन्तव्यमा कति पुगे विदेशी पर्यटकभन्दा खेरी नेपाल आउने पर्यटकको मुख्य गन्तव्यमा काठमाडौं उपत्यका, चितवन, पोखरा, लुम्बिनी, अत्रपूर्ण पदमार्ग, माथिल्लो मुस्ताङ, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा क्षेत्र पर्छन् ।

पछिल्लो समय पूर्वी नेपालका कञ्चनजंघा, इलाम, धादिङको रुबीभ्याली, बडीमालिका, हुम्लालगायतका नयाँ गन्तव्यतिर पनि पर्यटकको आकर्षण बढेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा ६ लाख ४ हजार ९१, पशुपतिनाथ क्षेत्रमा १ लाख २४ हजार १ सय ८०, लुम्बिनी क्षेत्रमा १ लाख ४५ हजार ७ सय ९६, मनास्लुमा ५ हजार ७ सय ४५, मुस्ताङमा ६ हजार ६ सय ३२, हुम्लामा १३ हजार ३ सय ९८, तल्लो डोल्पामा ९ सय २४, माथिल्लो डोल्पा ४ सय २५ र कञ्चनजंघामा १ हजार ८ पर्यटकहरू आएका थिए भनि सम्बन्धित क्षेत्रले दाबी गरेको थियो ।

मुलुकका लागि आउँदो १५ वर्षभित्र २५ लाख पर्यटक आउने गन्तव्य राष्ट्र बनाउन सकियो भने हाम्रो विद्यमान आवश्यकता पर्यटन लक्ष्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ र त्यो लक्ष्य पूरा गर्नका लागि धेरै ठूलो प्रयास पनि आवश्यकता छैन । हाम्रो उत्तरी छिमेकी चीनबाट र दक्षिणी छिमेकी भारतबाट विश्व भ्रमणमा निस्कने खर्चालु पर्यटकको १० प्रतिशतलाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने पर्याप्त हुन्छ । त्यसमा युरोप, अमेरिका र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको थप योगदान रहनेछ । देशको विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउँदै आएको उद्योगमा पर्यटन उद्योेगको लामो र विश्वसनीय नाम रहेको छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत यो उद्योेगको प्रत्यक्ष र भरपर्दो स्थानलाई कसैले नकार्न सक्दैन । देशमा रोजगारी सिर्जना गर्न होस् वा फरक संस्कृतिको आदान–प्रदानसहित अन्य सहउत्पादनका लागि अवसर उपलब्ध गराउन होस् देशको पर्यटन क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्दै गरेको सर्वविदितै छ । अतिथिलाई देवता मात्रे नेपाली संस्कृतिको वास्तविक झलक पर्यटकको स्वागत सत्कारले दिलाउन सक्नुपर्छ ।

भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ मा विदेशी पर्यटकको आगमन घट्यो । तर, पर्यटकबाट हुने कुल आम्दानी भने अघिल्लो वर्षको तुलनामा बढेको छ । नेपाल बस्ने पर्यटकले औसत खर्च बेसी र्र्गैर्दा कुल आम्दानी बढेको हो । विभित्र मुलुकबाट सन् २०१५ मा पाँच लाख ३८ हजार ९ सय ७० जना पर्यटक नेपाल भित्रिए । जुन अघिल्लो वर्षको तुलनामा झण्डै साढे दुई लाखले कम हो । सोही अवधिमा पर्यटकबाट ४८ अर्ब ६३ करोड ४० लाख रूपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा झण्डै दुई अर्बले बढी हो ।

सन् २०१५ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कम हो । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सन् २०१४ मा सात लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । यी पर्यटकबाट ४७ अर्ब १७ करोड ६९ लाख रूपैयाँ आम्दानी भएको थियो । सन् २०१५ मा पर्यटकको प्रतिदिन औसत बसाई दर र खर्च गर्ने दर बढेपछि पर्यटक घटेपनि आम्दानी बढ्न गएको थियो ।

सर्वेक्षण अनुसार सन् २०१४ मा प्रतिपर्यटक प्रतिदिन खर्च ४६.४ अमेरिकी डलर थियो । यो दर हृवात्तै बढेर सन् २०१५ मा ७० डलर पुगेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २३.६ डलरले बढी हो । यो अवधिमा पर्यटकको औसत बसाई दर पनि बढेको देखिन्छ । अघिल्लो वर्ष प्रतिपर्यटक बसाई अवधि औसत १२.४४ दिन रहेकोमा गत वर्ष १३.१ दिन पुगेको थियो । यसलाई पनि सुधारको रूपमा लिनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमणमा आएका अधिकांश विदेशी पर्यटकको उद्देश्य रमाइलो गर्दै विदा मनाउने रहेको छ । सन् २०१५ को अवधिमा आएका कुल पर्यटकमध्ये ७०.६ प्रतिशत बिदा मनाउने उद्देश्यले नेपाल भ्रमण गरेका थिए ।

यसैगरी, २.२ प्रतिशत पदयात्रा, २.८ प्रतिशत तीर्थयात्रा, ३.९ प्रतिशत व्यापार, २.८ प्रतिशत अध्ययन रोजगारी, १.७ प्रतिशत सभा र सम्मेलन, ४ प्रतिशत कार्यालयसम्बन्धी, ११ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमणमा आएको सर्वेक्षणमा उल्लेख छ । विगत १० वर्षको पर्यटक आगमन हेर्दा बिदा मनाउन, मनोञ्जन गर्न, पदयात्रा, पर्वतारोहण तथा तिर्थयात्राको उद्देश्यले आउने पर्यटकको संख्या दुई तिहाइभन्दा बढी देखिएको थियो । यसर्थ समिक्षा अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका थिए । सन् २०१५ मा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये भारतीयको हिस्सा १४ प्रतिशत रहेको थियो । दोस्रो नम्बरमा चीन रहेको थियो ।

चिनियाँ पर्यटकको हिस्सा १२ प्रतिशत, अमेरिकन १० प्रतिशत, श्रीलंकन ८ प्रतिशत र थाईको ६ प्रतिशत रहेको थियो । यी पाँचवटा देशबाट आएका पर्यटकको हिस्सा कुल पर्यटकको ४८ प्रतिशत हुन आउँछ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । सन् २०१५ मा ७ लाख ४८ हजार २ सय ९४ जनाले लुम्बिनी भ्रमण गरेका थिए । जसमध्ये ४ लाख ८८ हजार ८ सय ५२ नेपाली, १ लाख ३० हजार २ सय ६२ भारतीय र १ लाख २९ हजार १ सय ८० जना तेस्रो मुलुकका पर्यटक रहेका थिए ।

अन्त्यमा भन्नुपर्दा पर्यटकको अर्थ पक्कै पनि संकुचित छैन, व्यापक परिवेशमा जीवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउँ जानु अनि सकेसम्म बढी ज्ञान र अनुभवहरू प्राप्त गर्नु पनि हो । जबकी मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुक लगायतहरू, जस्को अन्वेषण र भ्रमणले संसारमा संस्कार, सभ्यता र विकासको लहर फैलाएको छ, उनीहरू पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउको खोजी गर्न निस्केका थिए र संसारलाई जोडेर गए तसर्थ पनि भ्रमण गर्न र नयाँ कुरा सिक्न पछि नपरौँ ।

अर्कोतर्फ पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको सिर्जना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सांस्कृितक आदानप्रदान अनि राष्ट्रको छवी वढाउन सहयोग गर्दछ । पर्यटक हाम्रा पाहुना हुन हृदयदेखि हामी सबैले स्वागत गर्नुपर्दछ । हाम्रो देशको कुरा गर्ने हो भने सेप्टेम्बरबाट पर्यटकीय गन्तव्यहरू सुरु भई अक्टोबर र नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिन्छन् । यो सिजनमा पदयात्रा र घुमघामका लागि बढी आउँछन् । तर, मे महिनामा आउने केही पर्यटक पर्वतारोहणमा पनि जान्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सन् २०१७ को तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी बिदा मनाउन र मनोरञ्जनका लागि आउँछन् । यसमा पनि नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट आउँछन् । भारतीय पर्यटक मुख्यतः धार्मिकस्थलको घुमघाममा आउँछन् । त्यस्तै, दोस्रोमा धेरै पर्यटक आउने देश चीन हो । सन् २०१७ मा भारतबाट एक लाख ६० हजार आठ ३२ र चीनबाट एक लाख चार हजार ६६४ जना आएका थिए ।

नेपाल आउनेमध्ये संख्यामा धेरै आए पनि खर्च गर्नेको सूचीमा पर्दैनन् भारतीय र चिनियाँ पर्यटक तर युरोप र अमेरिकी देशका पर्यटक नै बढी खर्च गर्छन् अन्य देशको तुलनामा । सन् २०१६ मा ५३ डलर प्रतिदिन खर्चदर थियो भने सन् २०१७ मा एक डलर बढेर ५४ पुगेको छ । अमेरिका, बेलायत, जर्मनी, क्यानाडा अस्ट्रेलिया हुन् ।

प्रतिक्रिया