चीनमा बस दुर्घटनाः कम्तीमा ३६ को मृत्यु

बिबिसी। उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोकिँदा ३६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। उक्त बसमा ६९ जना मानिस सवार थिए।

बाटोमा गुडिरहँदा पाङ्ग्राको हावा खुस्किएपछि उक्त बसको दिशा मोडिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्। हावाखुस्किएपछि उक्त बस एउटा लरीमा गएर ठोकिएको थियो। लरीमा तीन जना सवार थिए।

चीनमा ट्राफिक नियम उल्लङ्घन गरिने हुँदा घातक दुर्घटनाहरू भइरहन्छन्। उक्त दुर्घटनामा ३६ जना मानिस घाइते भएका छन्। तीमध्ये नौ घाइतेहरू गम्भीर अवस्थामा भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया