मोदीले ट्रम्पको चुनाव प्रचार गरे – भारतीय कांग्रेस

एजेन्सी । आइतबार अमेरिकामा आयोजित ‘हाउडी मोदी’ कार्यक्रमलाई लिएर भारतीय कांग्रेसका नेता तथा पूर्व केन्द्रीय मन्त्री आनन्द शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आलोचनात्मक टिप्पणी गरेका छन् । उक्त कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाब प्रचारका रुपमा टिप्पणी गर्दै शर्माले यो भारतको विदेशी नीतिको उल्लंघन भएको बताएका छन् । सन् २०२० मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री मोदीले आफू अमेरिकी चुनावको ‘स्टार प्रचारक’का रुपमा त्यहाँ नगएको हेक्का राख्नुपर्ने बताए ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति पनि सहभागी थिए । त्यसहाँ ट्रम्पले सम्बोधन गरे । सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा भएका उपलब्धी तथा भारती–अमेरिकी समुदायको जोड्नमा केन्द्रित भएका थिए । कार्यक्रममा मोदीले ट्रम्पको प्रसंशा गर्दै उनलाई भारतको असल मित्र बताएका थिए । साथै ट्रम्प राष्ट्रपति भएपछि अमेरिका र भारतको मित्रतामा नयाँ आयाम मिलेको मोदीको टिप्पणी थियो ।

हाउडी मोदी कार्यक्रम समाप्त भएपछि शर्माले ट्विट्मार्फत यससम्बन्धमा प्रतिक्रिया दिए । उनले मोदीले ट्रम्पको चुनाव प्रचार गरेको आरोप लगाए । –बिबिसी

प्रतिक्रिया