पूर्व सांसद हरि बैरागीको निधन

काठमाडौं । नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । दाहालको हृदयघातबाट निधन भएको हो । शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका दाहालको शुक्रबार बिहान निधन भएको हो ।

२०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित थिए । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र आजै दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाएको छ ।

 

सक्रिय राजनीतिभन्दा विकासे अभियन्ताका रूपमा सक्रिय उनी नेकपाको कुनै जिम्मेवारीमा भने थिएनन् । हाँसोठट्टा गर्ने रमाइलो स्वभावका दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका दाहालले भूमिगतकालमा जनताबीच कम्युनिस्ट आन्दोलनको विस्तार गरेको गौतमले बताए । उनी ०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।

गौतमका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया