‘सप्तरङ्ग’ का लागि छानिए कलाकार

काठमाडौं । सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले प्रस्तुति दिने पक्का भएको हो।

कलामार्फत विभिन्न सन्देश प्रवाह गर्दै सुरु भएको यो सांगीतिक कार्यक्रममा आयोजकले पर्यटन प्रवर्धन र समुन्नतिलाई केन्द्रमा राखेको छ। पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धताको सन्देश लिएर सातवटा प्रदेशमा कार्यक्रम आयोजना भएको थियो।

आउँदो नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमले पर्यटन वर्ष २०२० मा योगदान पुर्‍याउने आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले बताए। ‘यो वर्ष सातै वटा प्रदेशका पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गर्नेछौं’, उनले भने।

प्रतिक्रिया