इन्डो–नेपाल पिकलबल आजदेखि

काठमाडौं । नेपालमा नौलो खेलको सुरुआतको रूपमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ । ग्यालेक्सि स्कुलमा दुई दिनसम्म हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको तथा युरोप, एसिया र दक्षिण एसियाको भारतमा समेत चर्चित भईसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको एसियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी दिए । ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रित रूप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरी खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइने छ ।

प्रतिक्रिया