संविधान दिवसको अवसरमा सरसफाइ

कालीकोट । संविधान दिवसको पूर्व सन्ध्यामा कालिकोट जिल्लामा बजार सरसफाइ गरी दिवस मनाउन सुरुआत गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको असोज ३ गते (आज) चार वर्ष पूरा भएको छ ।

संविधान सफल पार्न, संविधान आएको प्रत्येक नागरिकलाई महसुस गराउन शुक्रबार जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय कालिकोटको आयोजनामा मान्म बजारको सरसफाइ गरिएको थियो । भने जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा नागरिक अन्तरसंवाद गरिएको थियो ।

कालिकोट जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि सहभागी भएको कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे बताउँदै कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले दिवसलाई सफल पार्न बिहीबार पहिलो दिन बजारको सरसफाइ र अन्तरसंवाद गरिए पनि असोज ३ मा संविधान विषयक कर्णालीको पुख्यउली देउडाबाट प्रतिपर्धा हुनुका साथै, संविधानले नेपालमा पारेको प्रभाव बारेमा निम्न माद्यमिक विद्यालयस्तरीय वक्तृत्वकला हुने भएकाले यसमा सबै सरकारी र गैरसरकारी क्षेत्रले महत्वपूर्ण सहयोग गरेर सकारात्मक सन्देश दिनुपर्ने बताए ।

यस्तै बिहीबार भएको अन्तरसंवाद कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रमका सहभागी कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले विश्वको तुलनामा नेपालको संविधान धेरै बहुमतले हस्ताक्षर गरेकाले पनि यो नेपालमा बेनको संविधान २०७२ उदाहरणीय भएकाले यसलाई सबैले अक्षरशः पालना गनुपर्ने बताए ।

यसैगरी सिरहामा पनि संविधान दिवसको अवसर पारी सदरमुकाम सिरहा बजारको सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको सक्रियतामा संविधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार सरसफाइ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असोज ३ मा संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने र त्यसैको अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार तथा जिल्ला समन्वय समितिको खुलामञ्चको सरसफाइ गरिएको बताए । यस्तै संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको खुला मञ्चलाई रंङरोगन पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धान सिरहाका प्रमुख एसपी रमेशचन्द्र यादव, सशस्त्र प्रहरी बल सिरहा प्रमुख एसपि प्रबिन कँडेल, नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हातमा बिल्चा, झाडो बोकेर बजार क्षेत्रमा सरसफाइ गरेका थिए । ०७२ साल असोज ३ मा नेपालमा पहिलोपटक संविधान सभाबाट संविधान घोषणा भएको दिन पारी बर्सेनि संविधान दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया