बिश्वकर्मा पुजा–सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । बिश्वकर्मा कलाकार संघद्धारा आयोजित बिश्वकर्मा पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उक्त संघका अध्यक्ष कृष्ण बिश्वकर्मा (आँशु) को अध्यक्षतामा सम्पन्न भएको हो । सुजन बराईली र जमुना सनमले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

बिश्वकर्मा बाबाको पुजा सकिएपछि सांस्कृतिक कार्यक्रम सुचारु भएको थियो । सांस्कृतिक कार्यक्रममा एकल गायन, दोहोरी, नृत्य प्रस्तुत गरिएको थियो । बिश्वकर्मा बाबाको पुजाको पुजारीको रुपमा गायक राजन भुजेल बिश्वकर्मा रहेका थिए ।

कलाकारहरु राजु ढकाल, देबी घर्ती, राजन भुजेल बिश्वकर्मा, अष्ट्रेलियामा रहेका सफल भुजेल बिश्वकर्मा, एकिकृत बिश्वकर्मा समाजलगायत देश तथा बिदेशबाट पनि कार्यक्रममा आर्थिक सहयोग प्राप्त भएको थियो ।कार्यक्रममा जमुना सनम, डिला बिक, बसन्त बिश्वकर्मा, प्रकाश शोनी, सुजन बराईली, राजन भुजेल, कृष्ण आँशु बिश्वकर्मा, कमल कुमार बिक, अमृता श्रीपाललगायत कलाकारहरुको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया