बलात्कार गरेको आरोपमा १० वर्ष कैद

स्याङ्जा । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित युवतीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी युवतीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए । युवतीको २०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया