विद्याको ‘शकुन्तला देवी’ लुक्स

मुम्बई । बलिउड अभिनेत्री विद्या बालन चलचित्र ‘शकुन्तला देवी’ मार्फत धुम मच्याउने तयारीमा छन् । केही दिनअघि सार्वजनिक भएको विद्या अभिनीत ‘मिसन मंगल’ बक्सअफिसमा निकै राम्रो व्यापार गर्न सफल भएको छ ।

विद्या एक महिलाको बायोपिक चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले काम गर्न मन लागेको नयाँ चलचित्र ‘शकुन्तला देवी’ मा उनी मुख्य भूमिकामा देखिने भएकी छन् । सोनी पिक्चर्स नेटवर्क प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले शकुन्तला देवीको कथालाई प्रस्तुत गर्ने जनाइएको छ । शकुन्तला देवीलाई ‘दि ह्युमन कम्प्युटर’ को उपनामले समेत चिनिन्छ । अनु मेननले निर्देशन गर्ने उक्त चलचित्रको फस्टलुकमा विद्याले रातो सारी लगाएको देखाइएको छ । यो चलचित्रको छायांकन लन्डनमा सुरु गरिएको छ ।

शकुन्तला देवीले सानैदेखि नै आफ्नो अद्भूत क्षमताले विश्वलाई नै चकित बनाउन सफल भएकी थिइन् । उनको, गणितमा अद्भूत क्षमताका कारण उनको नाम ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’ मा पनि समावेश छ । यो चलचित्रबाट विश्वलाई नै प्रभावित बनाएकी एक महिलाको प्रेरणादायी कथा भन्ने निर्माण पक्षले बताएको छ । आउँदो वर्षमा यो चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया