किन छिरे भारतबाट गाई गोरु ?

भारतीय सीमानजिक रहेका पश्चिम तराईका सहर–बजारहरूमा यतिवेला छाडा गाई–गोरुको आतंक छाएको छ । सडकमा हि“डडुल गर्न तथा सवारीसाधन चलाउन मुस्किल परेको मात्रै होइन बाली–नालीको पनि नोक्सान भएको छ । खासगरी धनगढी, नेपालगन्ज, भैरहवा, कृष्णनगर क्षेत्रमा छाडा गाई–गोरुको आतंक देखिएको छ । छाडा गाई–गोरुलाई थुन्नका लागि कान्जीहाउसको व्यवस्था प्रायजसो नगरपालिकाहरूले पहिलेदेखि नै गर्दै आएका थिए । तर, पछिल्ला दिनमा भारतबाट यति धेरै छाडा गाई–गोरु नेपालको सीमाभित्र छिरे कि, जसको व्यवस्थापन गर्ने ताकत नगरपालिकाहरूस“ग रहेन । सिमा क्षेत्रका पालिकाहरूमध्ये बा“के उपमहानगरपालिका आर्थिक दृष्टिकोणले निकै सक्षम छ । उसले एक सय चौपाया अटाउने साबिकको कान्जिहाउसको क्षमतावृद्धि गरी तीन सय पु¥यायो तर भारतबाट यति धेरै पशु चौपाया आए कि त्यो क्षमताले धान्न सकेन । तीन सय क्षमताको कान्जिहाउसमा ६ सय गाई–गोरु थुन्दा पनि समस्या समाधान नभएपछि उपमहानगर पालिकाले पहाडतर्फ लगेर छाड्ने विकल्प अपनायो । तराईको गर्मीमा भन्दा पहाडको चिसो ठाउ“मा गाई–गोरुले राहत पाउलान् भन्ने अभिप्रायले दैलेख पठाइएको मेयर धवलशमशेर राणाको भनाइ छ । तर, दैलेखतर्फ पठाइएका तीन सय मध्ये ३० वटा गाई–गोरु सुर्खेत पुग्दा नपुग्दै रहस्यमय रूपमा मरे । यो मुद्दा यतिवेला मुलकभरि भाइरल बनेको छ । यदि मेयर राणा हिन्दू अतिवादी पार्टी राप्रपाका नभएर धर्मनिरपेक्षतावादी पार्टीका हुन्थे भने यतिवेला मुलुकमा राजावादीहरूले आगो बाली सक्ने थिए । तर, संयोगवस मुलुकमा आगो बल्न पाएन ।

समस्या चाहे ठूलो होस् या सानो, नजर अन्दाज गर्न हु“दैन । चुरोमा नपुगी समस्याको समाधान गर्न सकिन्न । नेपालगन्ज उपमहानगर स“ग जोडिएको गौहत्या समस्याको चुरो भनेकै भारत हो । भारतको उत्तर प्रदेशमा हिन्दू अतिवादी नेता स्वामी आदित्यनाथ मुख्यमन्त्री बनेदेखि नै गाईको मासु बिक्री वितरणमा कडाइ गर्न थालिएको थियो । उनका कार्यकर्ताहरूले मुसलमानको बस्तीमा रेकी गर्न थालिसकेका थिए । गत आमनिर्वाचनमा सत्तारुढ पार्टी भाजपाले गौ रक्षाको एजेन्डालाई स्लोगन नै बनायो । चुनाव जितेर नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि उत्तर प्रदेशले कानुनी रूपमै गाईको मासु बिक्री वितरणमा प्रतिबन्ध लगायो । उत्तर प्रदेशमा करिब २० प्रतिशत इस्लाम धर्मालम्बीहरू छन् । उनीहरूको प्रिय भोजन भनेकै गाईको मासु हो । भारतका अधिकांश बुढा गाई–गोरु उत्तर प्रदेशमा खपत हुन्थ्यो । केही गाई गोरु नेपालको बाटो हु“दै बंगलादेश तथा दार्जीलिङसम्म पु¥याइन्थ्यो । तर, अहिले यो सिलसिला टुटेको छ । जसको असर नेपाललाई समेत परेको छ ।

छाडा गाई–गोरु नियन्त्रण अब सीमाक्षेत्रका पालिकाहरूको मात्रै बुताको कुरा रहेन । भारतबाट आउने क्रम जबसम्म बन्द हु“दैन तबसम्म यो समस्या ज्यु“का त्यु“ रहन्छ । यस विषयमा नेपाल सरकारले भारत सँग अनुरोध गर्नुपर्छ । भारतले पनि यो प्रकरणलाई सामान्य रूपमा लिनु हु“दैन । बुढा भइसकेका गाई–गोरुहरू मासुका लागि राम्रै मूल्यमा बिक्री हुने भएकोले भारतमा गौपालन व्यवसाय फस्टाएको थियो । दूधको मूल्य पनि नेपालमा भन्दा सस्तो थियो । तर, अब बुढा गाई–गोरु किसानका लागि बोझ हुन थाल्यो । यस्तो अवस्थामा हरेक गाउ“मा गौशाला निर्माणतर्फ भारतले पनि ध्यान दिनुपर्छ । यदी भारतीय प्रधानमन्त्री मोदी अन्तरआत्मादेखि नै हिन्दू हुन् भने उनले बुढा गाई–गोरुको यस्तो कन्तबिजोगलाई टुलुटुलु हेरर बस्न हुन्न । १०–१२ हजार गाई–गोरु व्यवस्थापन गर्नु भारतका लागि ठूलो कुरा होइन तर नेपालका लागि निकै ठूलो कुरा हो । आफ्नो देशको समस्या नेपालतिर हुल्ने काम मोदीले नगरून् ।

प्रतिक्रिया