नौमुले विद्युत् केन्द्रीय प्रसारणमा जोडिँदै

दैलेख । नौमुले गाउँपालिकाको पदम खोला हाइड्रोपावर निर्माण भएसँगै अब नौमुलेबाट ७ दशमलव ८० मेगावट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । जलस्रोतको धनी देश विद्युत्को पहुँचमा पछाडि परेको नेपाल ८३ हजार मेगावट क्षमता भए पनि नेपाललाई नै चाहिएको विद्युत् उत्पादन गर्न सकेको छैन ।

दैलेखमा केहीसमय यता नौमुले गाउँपालिकाको द्वारी खोलामा हाइड्रोपावर निर्माण भएएता दैलेखमा विद्युत्को समस्या केही हदसम्म समाधान भएको छ । पछिल्लो चरण नौमुलेमा–१ द्वारी खोलामा दुई वर्ष अगाडि नै हाइड्रोपावर बनिसकेको थियो । भने डोल्ती हाइड्रोपावर कम्पनी प्रालिले पदम खोलामा निर्माण हाइड्रोपावर अन्तिम चरणमा पु¥याएको छ ।

४ दशमलव ५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजना असोज मसान्तसम्म केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो जलविद्युत् उत्पादनका रूपमा हेरिँदै आएका पदम खोला हाइड्रोपावर आयोजनाका प्रमुख अनिल खनालले जानकारी दिए ।

नौमूले गाउँपालिका–४ कालिकामा करिब दुई किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याई तीन सय मिटर उचाइबाट पावर हाउसमा खसालिएसँगै यसबाट ४ दशमलव ५ मेगावट विद्युत् उत्पादन हुनेछ । निमार्ण कार्य वर्षाका कारण केही ढिलाइ भए पनि असोज मसान्तभित्र विद्युत् उत्पादनलाई केन्द्रीय प्रसारणमा जोडिने खनालको दावी छ । आयोजनाको ‘करिब सबैै काम सकिएको र इएमको काम विदेशी प्राविधिक ल्याउनुपर्ने भएकै कारण केहीे ढिलो भएको कम्पनीले जनाएको छ ।

नौमूले गाउँपालिका–३ मा द्वारी खोला हाइड्रोपावर सञ्चालनमा छ भने नौमूले गाउँपालिका–३ कै द्वारीमा अर्को अपर लोहोरेखोला जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेको छ । झन्डै ८० करोड लागतमा बन्न लागेको ४ दशमलव ५ मेगावाटको कर्णाली प्रदेशको हालसम्मकै ठूलो आयोजना हो ।

यो आयोजना र केन्द्रीय लाइनमा जोडिएको नजिकै रहेको द्वारी खोला हाइड्रो पावरको ३ दशमलव ७५ गरी नौमूले गाउँपालिकाबाट अब ७ दशमलव ८० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिन लागेको सञ्चालक कार्कीको भनाइ छ । हाइड्रोपावर निर्माण भएपश्चात ३५ वर्षसम्म डोल्ती हाइड्रोपावर कम्पनी प्रालिलै नै सञ्चालन गर्ने र ३५ वर्षपछि मात्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया