एनसेलले ल्यायो ‘मेरो प्लान’ नामक नयाँ योजना

काठमाडौं । एनसेलकाग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्नेछन । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहककालागिनयाँ योजनाल्याएको छ जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । बुधबारदेखि लागु हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् ।

यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्नेछन् । यस बाहेक, यीप्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्रभ्वाइस र एसएमएस सेवापनिअझ सुलभ दरमालिन सक्नेछन । यो योजनाको प्रमुखविषेशताभनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्दहुने सुविधाहो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुकालागिविषेश रुपमातयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले कर सहित २५४ दशमलव १० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्रकलगर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमाग्राहकले कर सहित मात्र ८९ दशमलव ३८ माथप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजालिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ दबमलव १५ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१ दशमलव ७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमाग्राहकले मात्र १२७ दशमलव ६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन ।

प्रतिक्रिया