मालपोत कार्यालयमा प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधबारदेखि बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले संयूक्त रुपमा उद्घाटन गरे ।

प्रभु बैंकका एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया