मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्धारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

उक्त सर्वोदय सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जना जेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न प्रदान गरेको हो । उक्त सहयोग खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखाका प्रमुख ईश्वर सापकोटाले सर्वोदय सेवाश्रममा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया