श्रीनगरमा एनआइसी एशियाको शाखा

सल्यान । सल्यानको श्रीनगरमा एनआइसी एशिया बैंकको नयाँ शाखा विस्तार गरिएको छ । भदौ ३१ गतेदेखि शारदा नगरपालिका–१ श्रीनगरमा शाखा सञ्चालनमा आएको हो । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सो शाखाको उद्घाटन गरे ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । यस बैंकका मुलुकभर २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालित छन् ।

प्रतिक्रिया