क्रिकेटरको म्याच फिक्सिङको खुलासा

एजेन्सी , लण्डन । भारतीय महिला क्रिकेट खेलाडीलाई म्याच फिक्सिङका लागि पहल गरिएको खुलासा भएको छ ।  यो वर्षको सुरुवातमा इंग्ल्यान्डविरुद्धको सिरिजमा भारतीय महिला क्रिकेट खेलाडीलाई फिक्सिङका अफर गरेको बताइएको छ । बिसिसीआइको एन्टी करप्सन युनिटले जनाएअनुसार बंग्लुरुका राकेश बाफ्ना र दितेन्त कोठारीले भारतीय महिला टिमका सदस्यलाई फिक्सिङ गर्न अप्रोच गरेको बताइएको छ । यो थाहा पाएपछि उनीहरू माथि एफआइआर दर्ता गरिएको छ ।

स्पोर्टसस्टारले जनाएअनुसार कोठारीले आफू स्पोर्टस म्यानेजर भन्दै गत वर्ष खेलाडीसँग नजिक भएको बताएको छ । यो फेब्रेवरीमा बैंग्लुरुको नेसनल क्रिकेट एकेडेमीमा रिकोभरी सेसन गरिरहेका वेला कोठारीले खेलाडीसँग आफू विभिन्न खेलाडीको म्यानेजर भनेर चिनाएका थिए ।
उनले बाफ्नालाई खेलाडीसँग परिचय गराएका थिए । त्यसपछि बाफ्नाले खेलाडीलाई फिक्सिङका लागि अप्रोच गरेका थिए । दुवै जनालाई पुलिसले पक्राउ गरेको छ । उनीहरूमाथि मुद्दा पनि दर्ता गराइएको छ ।

प्रतिक्रिया