नेइमारलाई प्रतिबन्धमा घटुवा

एजेन्सी, पेरिस । म्याच अफिसियल्सलाई दुव्र्यवहार गरेको भन्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ ।  कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार नेइमारको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा मात्र प्रतिबन्ध हुने जनाएको हो । २७ वर्षे नेइमारलाई युइएफए म्याच अफिसियल्सलाई दुव्र्यवहार गरेको भन्दै गत मार्च ६ मा तीन खेलको प्रतिबन्ध सुनाएको थियो ।

नेइमारको नयाँ सिजन सुरु हुनुपूर्व खेलाडी सरुवा बजारबाट क्लब छाड्ने चर्चा चले पनि स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिडमा अनुबन्धको विषयले टुंगो नपाउँदा उनी पिएसजीमा नै रहेका हुन् ।  नेइमारले च्याम्पियन्स लिगअन्तर्गत पिएसजीको पहिलो खेल रियाल मड्रिड र दोस्रो खेल ग्यालाट्यासारेसँग हुने खेल गुमाउनेछन् भने २२ अक्टोबर २२ मा बु्रजेससँग हुने खेलमा मैदान उत्रिनेछन् ।

पिएसजीले नेइमारको प्रतिबन्ध फुकुवाका लागि निरन्तर अपील गरिरहे पनि च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा एक खेलमा मात्र सजाय घटाएको हो । अघिल्लो सिजन च्याम्पियन्स लिगको पछिल्लो खेलअन्तर्गत म्यानचेस्टर युनाइटेडसँग भएको खेलमा नेइमार चोटका कारण मैदानबाहिर रहेका थिए ।

प्रतिक्रिया