साफका लागि नेपाली यु–१८ फुटबल टोली सार्वजनिक

काठमाडौं । साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका घोषणा गरिएको छ । एन्फाले आगामी असोज ३ गतेदेखि सुरु हुने साफ च्यानम्पियनसिपका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेको हो । पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षणबाट मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार युवा टोलीको सार्वजनिक गरे । काठमाडौंमा हुन लागेको साफ यु–१८ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

अन्तिम टोलीमा गोलकिपर रोहित कार्की र दीपेश गुरुङले स्थान बनाउन सकेनन् । मंगलबार सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा र अन्जल महर्जन छन् ।

त्यस्तै मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा परेका छन् । फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् ।

प्रतिक्रिया