१३औँ साग बक्सिङ छनोट : १६ खेलाडीको छनोटमा

काठमाडौं । घरेलु मैदानमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि सोमबार बक्सिङमा १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो । यसअघि सोमबार पनि पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३औँ सागको यात्रा तय गरेका थिए ।

मंगलबार पुरुषतर्पm आर्मीका ४९ केजीमा सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई स्तब्ध बनाएका थिए । विकासले भने फाइनलमा प्रदेश–३ का मनीष डंगोललाई निराश बनाए ।

पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए । दीपकले फाइनलमा प्रदेश–३ का भूमिलाल दिवसलाई पराजित गरेका थिए । मनोहरले भने फाइनलमा आर्मीका गणेश प्रधानलाई हराउन सफल भए । महिला ५४ केजीमुनि तौलसमूहमा आर्मीकी मिनु गुरुङ र ५७ केजीमुनि आर्मीक चन्द्रकला थापा छनोट भइन् ।

फाइनलमा मिनुले नेपाल पुलिसकी निशा तामाङलाई हराउँदा चन्द्रकलाले माया चौधरीलाई निराश पारिन् । ६४ केजीमुनि आर्मीकी पुनम रावल छनोट हुँदा फाइनलमा एपिएफकी विनिता थापामगरलाई स्तब्ध बनाइन् । यसअघि सोमबार पुरुषतर्पm ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल शाही, ६४ केजीमा भुपेन्द्र साही, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्पm भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका छन् ।

प्रतिक्रिया