‘माया पिरती’ मा दया र उपासनाको रोमान्स

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत सार्वजनिक भएको छ । ३ असोजदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा रहेको रोमान्टिक गीत ‘माया पिरती’ रिलिज गरिएको हो ।

गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । उक्त गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा आवाज रहेको छ । गीतले दयाहाङ (काजी) को कथालाई देखाएको छ । चलचित्रमा दया र उपासनासँगै अभिनेता कर्मा शाक्य, विल्सनविक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया