सानिमा बैंक अमरसिंह शाखाद्वारा आर्थिक सहयोग

काठमाडौं । संस्थागत सामाजिकउत्तरदायित्वलाई निरन्तरतादिदैं सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरु लाई खाजा खुवाउदै आइरहेको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तर गरे ।

प्रतिक्रिया