मौसम बिग्रदाँ विमान अवतरण रोकियो

काठमाडौं । निरन्तर परेको पानीका कारण मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । मौसमका कारण भिजिविलिटी नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलबाट बाहिरका जाने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

वायु सेवा कम्पनीले भने मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएको जनाएको छ । काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुने गरेका थिए ।

प्रतिक्रिया