‘सोल्टिनी मैच्याङ’ सार्वजनिक

काठमाडौं । गायिका रेश्मा बमजन तथा गायक अनिल लामाको आवाज रहेको गीति संग्रह ‘सोल्टिनी मैच्याङ’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संघीय सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उक्त संग्रहको विमोचन गरे ।

विमोचित एल्बममा तामाङ सेलो शैलीका गीत समावेश गरिएको छ । एल्बममा तामाङ सेलो शैलीका चारवटा गीत रहेको गायिका रेश्माले जनाइन् । शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर रहेको छ । यो गीतमा गायक अनिलकै संगीत निर्देशन छ भने शब्द साङ्गे ब्लोन तामाङको रहेको छ ।

त्यस्तै, एल्बममा रहेको ‘गोरी गोरी मैच्याङ्…’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ । एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा…’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ । त्यसैगरी ‘पोङ्दीको मेला…’ मा भने गायक अनिल लामाको स्वर छ भने गीतमा शब्द तथा संगीत पनि लामाले नै तयार पारेका हुन् ।

विमोचन कार्यक्रममा एल्बममा समावेश ‘सोल्टिनी मैच्याङ’ शीर्षकको गीतको भिडियो सार्वजनिक गरियो । यस गीतमा पवन वाङ लामाको संगीत संयोजन रहेको छ भने मित्र लामाले गीतलाई मिक्सिङ गरेका छन् । राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको भिडियोमा जयनन्द लामा, नवीन राई, कुमार लामा, रश्मी तामाङ, निराञ्जली लामा, रेशम फिरिरी तथा मरिष्का पोखरेलले अभिनय छ ।

भिडियोमा मित्र लामाको कोरियोग्रँफी छ । हाइटलाइट्स नेपालको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया